Madhes Khabar
स्थानिय

तस्करीको औषधिसहित एक युवक वीरगन्ज नाकाबाट पक्राउ

वीरगन्ज,२३कात्तिक:सशस्त्र प्रहरीले शनिबार वीरगन्ज नाकाबाट ठूलो परिमाणमा तस्करीको औषधिसहित एक युवकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुर बस्ने १८ वर्षीय हरिओमकुमार पासवान रहेका छन् ।

पासवानलाई सीमा सुरक्षा गुल्म वीरगन्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक पुरुषोत्तम भण्डारीको नेतृत्वमा खटिएको सशस्त्र प्रहरीको टोलीले वीरगन्ज–१६ इनर्वास्थित खेतबाट भारतबाट अवैध रूपमा टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेको ९ लाख ५८ हजार ९१३ रुपैयाँ बराबरको औषधिसहित पक्राउ गरेको हो।

सशस्त्र प्रहरीले पक्राउ परेका पासवानलाई औषधिसहित आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योञ्जनले जानकारी दिए।

Related posts

गहवामाई रथ यात्राका दिन वीरगन्जका सबै विद्यालयहरुमा विदा दिने महानगरकाे निर्णय

MadhesKhabar

वीरगन्जमा कर्फु उल्लंघन गर्ने ८५ जनालाई नियन्त्रणमा लिएर छाडियो

MadhesKhabar

वीरगन्ज महानगरका १० प्रतिशत नागरिकको घरमा छैन शौचालय

MadhesKhabar

Leave a Comment