Madhes Khabar
स्थानिय हेडलाइन

वीरगन्ज महानगरका १० प्रतिशत नागरिकको घरमा छैन शौचालय

वीरगन्ज,११पुसःमधेस प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकामा कुल घरपरिवारमध्ये १० प्रतिशत जनसंख्याको अहिलेसम्म आफ्नो शौचालय नभएको देखिएको छ ।राष्ट्रिय जनगणना २०७८ जनसांख्यिक प्रतिवेदनअनुसार वीरगन्ज महानगरपालिकाका कुल ४७ हजार ११४ घरपरिवारमध्ये १०.२ प्रतिशत घर परिवारको घरमा अहिलेसम्म शौचालय नभएको देखाएको हो ।

प्रतिवेदनअनुसार महानगरका कुल घरपरिवारमध्ये ८९.८ प्रतिशत परिवारले कुनै न कुनै प्रकारको शौचालय प्रयोग गरीरहेका छन् ।राष्ट्रिय तथ्यांक कार्यालय पर्साका अधिकृत राजेशकुमार दासका अनुसार महानगरपालिकामा सार्वजनिक ढल तथा सेप्टिक ट्यांकमा फ्लस सुविधायुक्त शौचालय भएका कुल घरपरिवारको संख्या ६१.५ प्रतिशत रहेको छ ।

यस्तै, साधारण शौचालय प्रयोग गर्ने घरपरिवारको अंश २७.५ प्रतिशत रहेको छ भने महानगरपालिकामा सार्वजनिक शौचालय प्रयोग गर्ने घरपरिवार ०.७ प्रतिशत तथ्यांकले देखाएको उनले बताए ।राष्ट्रिय जनगणना २०६८ मा भने वीरगन्ज महानगरमा शौचालयमा पहुँच नभएको परिवार ३६.४ प्रतिशत रहेको थियो भने ५०.३ प्रतिशतले परिवारले फ्लस भएको र ११.९ प्रतिशतले साधारण शौचालय प्रयोग गरेको तथ्यांकमा उल्लेख थियो ।

महानगरको कुन–कुन वडामा कस्तो छ शौचालयको अवस्था ?

अधिकृत दासका अनुसार फ्लस सुविधा (जुनसुकै प्रकारको) भएको शौचालय प्रयोग गर्ने महानगरको वडा नम्बर ३ मा ८८.४ प्रतिशत, वडा नम्बर ४ मा ९८.९ प्रतिशत र वडा नम्बर १४ मा ९०.८ प्रतिशत रहेका छन् ।

यस्तै, शौचालय सुविधा न्यून हुने महानगरपालिकाको तीनवटा वडाहरू रहेको तथ्यांकमा उल्लेख छ । महानगरको वडा नम्बर २७ मा २५.७ प्रतिशत, वडा नम्बर ३२ मा २३.७ प्रतिशत र वडा नै नखुलेको एक वडामा १९.४ प्रतिशत रहेको अवस्था छ ।

शौचालय नै नभएका घरपरिवारहरूको आधारमा वडाहरूको तथ्यांक हेर्दा तीनवटा वडाहरू रहेको देखिएको अधिकृत दासले बताए । महानगरपालिकाको वडा नम्बर २९ मा ४५.८ प्रतिशत, वडा नम्बर २७ मा ३६.१ प्रतिशत र वडा नम्बर ३२ मा ३१.२ प्रतिशत रहेका छन् ।
महानगरपालिकाको वडाअनुसार सेप्टिक ट्यांकमा जोडिएका फ्लस भएका शौचालय प्रयोग गर्ने परिवार वडा नम्बर २ मा ९१.२ प्रतिशत र सबैभन्दा कम वडा नम्बर ५ मा १४.६ प्रतिशत रहेका छन् । त्यस्तै शौचालय नभएको परिवार सबैभन्दा बढी वडा नम्बर ९ मा २.९ प्रतिशत रहेका छन् भने वडा नम्बर १० शौचालय नभएको परिवार मात्र चारवटा रहेको तथ्यांकमा उल्लेख छ । तिवारी यादव/नयाँपत्रिका

 

Related posts

पर्साकाे हुलाकी सडक दुर्घटना(अपडेट) : एक जनाकाे मृत्यु , अर्काे घाइते आइसियुमा

MadhesKhabar

वीरगन्जमा ५० रुपैयामै खाना खुवाउने भरेपट भोजनालय सहयोग नजुट्दा बन्द

MadhesKhabar

बारामा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु

MadhesKhabar

Leave a Comment