Madhes Khabar
स्थानिय

पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

वीरगन्ज,३०जेठःपर्साको पकहामैनपुर गाँउपालिका वडा नम्बर ३ मैनपुरमा सडक ढलान तथा नाला निर्माण कार्यको शिलान्यास गरिएको छ । नेकपा एमाले पकहामैनपुर गाउँपालिका कमिटीका अध्यक्ष अकलेश कुमार साहले सडक र नाला निर्माण कार्यको शिलान्यास गरेका हुन् ।

भौतिक पूर्वाधार बिकास मन्त्रालयबाट चालु आर्थिक २०८१/०८२ आर्थिक वर्षको बजेटमा प्राप्त ४५ लाख रुपैयाँको लागतमा मैनपुरमा सडक ढलान र नाला निर्माण गर्न थालिएको हो ।

नेकपा एमालेको संगठन अखिल नेपाल पिछडावर्ग (ओबिसी) महासंघका केन्द्रीय उपाध्यक्ष एवंम मधेस प्रदेश इन्चार्ज समेत रहेका युवा नेता साहको पहलमा संघ र प्रदेश सरकारबाट पकहामैनपुर गाँउपालिकामा सडक, नाला लगायतका भौतिक संरचना निर्माणका कामहरु भइरहेका छन् ।

सडक ढलान,नाला निर्माण, स्वास्थ्य चौकी स्तरोन्नत्ती लगायतका विकास परियोजनाको काममा सक्रिय सहभागिता जनाउँदै आएका युवा नेता साहले पालिकालाई समृद्ध बनाउने अभियानमा सामाजिक काममापनि सकृयता देखाउँदै आएका छन् ।

पकहामैनपुर गाउँपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष सन्जय चौहानको प्रमुख अतिथ्यतामा शुक्रबार भएको शिलान्यास कार्यक्रममा स्थानीय बुद्धिजीवी तथा समाजसेवी लक्ष्मण कुर्मी, प्रदीप पटेल, सडक ढलान उपभोक्ता समितिका अध्यक्ष भगवान कुर्मी, सचिव चन्दन पटेल, नेकपा एमालेका नेता रामसेवक पडित,बृजकिशोर यादव,किरण पटेल, सुडु चौरसिया, विधार्थी नेता अकाश पटेल लगायतकाको पनि सहभागिता रहेको थियो।

Related posts

गढीमाई मन्दिरमा भक्तजनको सुनको सिक्री चोर्ने पर्साका ३ जना चोर पक्राउ

MadhesKhabar

पर्साकाे बडनिहारमा बियरकाे बाेत्तलले हान्दा एक जनाकाे टाउकाे फुट्याे, दुई जना पक्राउ

MadhesKhabar

अटेरी अशाेक मित्तलकाे सिद्धि टेक्सटाइल उद्योगलाई महानगरले फेरि गर्याे दण्डित

MadhesKhabar

Leave a Comment