Madhes Khabar
स्थानिय

पथलैया-निजगढ सडकखण्डमा हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु

फाइल तस्बिर।

बारा,२४कात्तिक :बारामा जंगली हात्तीको आक्रमणबाट ट्रक चालकको घटनास्थलमै मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत पथलैया-निजगढ सडकखण्डमा पर्ने जितपुरसिमरा उपमहानगरपालिका–१६ काटघाट क्षेत्रमा साेमबार बिहान जंगली हात्तीको आक्रमणमा एक जना चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।पूर्व पश्चिम राजमार्गको बीच बाटोमा हात्ती आएर सवारी साधनमा आक्रमण गरेको प्रहरीले जनाएको छ। हात्तीको आक्रमणपछि ना.४ ख १८३० नम्बरको ट्रकका चालक जितपुरसिमरा उपमहानगर–१ निवासी अन्दाजी ४० वर्षका राजकुमार चौधरी ट्रकबाट उत्रेर भाग्ने क्रममा राजमार्गदेखि करिब १०० मिटर दक्षिण जंगलतर्फ हात्तीले आक्रमण गरेको थियो।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक खेमप्रसाद नेपालले जानकारी दिए । घटना भएको सूचना पाएसँगै इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरक्षक जीवन लामिछानेको कमान्डमा ७ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

हाल हात्तीलाई जंगलतर्फ धपाउने कार्य जारी रहेको र अन्य केही सवारी साधनमा पनि क्षति भएको बुझिएको छ। क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक नेपालले जानकारी दिए ।

Related posts

सखुवाप्रसौनीको जमुनियामा आगलागीबाट दुई घर जलेर नष्ट, १५ वटा चौपायापनि मरे

MadhesKhabar

सरकारी कार्यालयबाट बिचौलियाहरु पक्राउ पर्न थालेपछि पर्साका लेखापढी व्यवसायीहरु हडतालमा

MadhesKhabar

सिमरा घटनापछि बाराका एसपी तामाङ हेडक्वाटर तानिए,अब बारामा आउने एसपी काे ?…

MadhesKhabar

Leave a Comment