Madhes Khabar
स्थानिय हेडलाइन

सरकारी कार्यालयबाट बिचौलियाहरु पक्राउ पर्न थालेपछि पर्साका लेखापढी व्यवसायीहरु हडतालमा

वीरगन्ज,२३ चैतः पर्सा जिल्लाका विभिन्न सरकारी कार्यालयमा सेवा दिदैं आएका लेखापढी व्यवसायीहरु सोमबारदेखि आफ्नो सेवा ठप्प पार्दै आन्दोलनमा उत्रिएका छन् ।

नयाँ सरकार गठन लगत्तै प्रहरीले विभिन्न सरकारी कार्यालयबाट बिचौलीयाको आरोपमा धरपकड गर्न थालेको विरोधमा उनिहरु सोमबारदेखि अनिश्चितकालिन हड्तालमा उत्रिएका हुन् ।

पर्सामापनि गत शुक्रबार प्रहरीले पोखरिया मालपोत कार्यालयबाट बिचौलियाको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको थियो ।
नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्साको आह्वानमा जिल्लाका मालपोत, नापी,भूमीसुधार, अदालत र जिल्ला प्रशासन कार्यालयमा बसेर सेवा दिदैं आएका लेखापढी व्यवसायीहरु अनिश्चितकालिन हड्तालमा रहेको एसोसिएसन पर्साका अध्यक्ष सुरेन्द्र प्रसाद यादवले बताए ।

आइतबार बसेको लेखापढी व्यवसायीहरुको बैठकको निर्णय अनुसार आँफुहरु सरकार र प्रहरी प्रशासनको रवैयाविरुद्ध हड्तालमा उत्रिएको उनले बताए ।

लेखक व्यवसायीहरुलाई बिनाकारण सम्बन्धित कार्यालय प्रांगण भित्र र बाहिरबाट समेत धरपकड र पक्राउ गरिएको उनले बताए । नेपाल सरकारको नियम अन्तर्गत रही भु–सेवा केन्द्र सञ्चालन अनुमति लिई धरौटी बुझाइ कार्य संचालन गरेकोमा हाल विभिन्न बहाना बनाइ धरपकड गरिनु खेदजनक भएको उनले बताए । विभिन्न जिल्लाका कार्यालयबाट पक्राउ गरिएका लेखापढी व्यवसायीहरुलाई तत्काल रिहा गर्नपनि उनले माग गरे ।

अध्यक्ष यादवका अनुसार, पर्सा जिल्लामा भु–सेवा केन्द्र सञ्चालनको इजाजतपत्र लिएका १ सय २१ जना र लेखापढी व्यवसायीको इजाजतपत्र लिएका ४ सय बढी लेखापढी व्यवसायीहरु रहेका छन् ।

 

Related posts

दलित बस्तीमा शिक्षाको जागरण ल्याउने ‘महुवनका मनोज सर’

MadhesKhabar

एमआरपी अनिवार्य विवादले वीरगन्ज भन्सारमै रोकिए १७ सय मालबाहक सवारीसाधन

MadhesKhabar

वीरगन्जको सिर्सिया नदीलाई प्रदुषित गर्ने उद्योगीहरुलाई कारबाही गर्न सांसद जयसवालको माग

MadhesKhabar

Leave a Comment