Madhes Khabar
राजनीति हेडलाइन

पर्सामा एमालेकाे प्रतिनिधि छनाैटमा गुटगत विवाद, पार्टी कार्यालयमा तालाबन्दी

वीरगन्ज,१२मंसिर: नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ केन्द्रीय महाधिवेशनका लागि पर्सामा चलिरहेको प्रतिनिधि छनोट प्रक्रिया विवादित भएकाे छ । प्रतिनिधि छनाैटमा धाधली भएकाे भन्दै एक समुहले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी समेत गरेकाे छ।

 

युवा क्लस्टरमा प्रदीप यादव र सन्तोष पासवानकाे उम्मेदवारी परेकाेमा प्रदीप यादवको उम्मेदवारी जबर्जस्ती खारेज गरिएको आरोप लगाउँदै यादव समूहले पार्टी कार्यालयमा तालाबन्दी गरेकाे हाे । तालाबन्दीका कारण निर्वाचन प्रक्रिया अवरुद्ध बनेको छ ।

अन्याय र मनोमानी निर्णय भएको दाबी गर्दै प्रदीप यादव समूहले छिट्टै धर्ना बस्ने तयारीसमेत गरेको छ।

त्यसैगरी दलित तर्फ क्षेत्र नंबर १ बाट प्रतिनिधिका लागि उम्मेदवारी दिएका सोनालाल हजरा हालै अर्को पार्टी त्यागेर एमाले प्रवेश गरेकाले उनकाे हकमा ७ वर्षे नियम नछुने बताउँदै उनको उम्मेदवारी कायम हुनुपर्ने एमाले वीरगनेज महानगर कमिटीका लेखा समिति अध्यक्ष अजय साहले बताए । उनका अनुसार अन्य पार्टीबाट आएकाहरुकाे ७ बर्षे म्याद लागु नहुने भएपनि पर्सामा नेताहरु आफु खुसी लागु गरेका छन् ।

विवादका कारण सम्पूर्ण प्रतिनिधि छनोट प्रक्रिया अनिश्चित बनेको छ। पार्टी विधान विपरीत नेताहरूले आफ्नै मनोमानी ढंगले नियम लागू गर्दा विवाद चर्किएको स्रोतले जनाएको छ।

एमाले पर्सामा पछिल्लो समय गुटबन्दी स्पष्ट रूपमा देखिन थालेको छ । एकातिर निर्वतमान सांसद तथा केन्द्रीय सदस्य प्रभु हजरा र जिल्ला अध्यक्ष विश्वम्भर शर्माको समूह रहेको छ भने अर्को समुहमा पूर्व मन्त्री एवं केन्द्रीय सदस्य राजकुमार गुप्ता, नेता जालिम मियाँ, पूर्व मेयर विजय सरावगीलगायतका नेताहरू छन्।साभार:कालिकाटाइम्स

Related posts

मधेसमा चिसोले चार वर्षमा ८० को मृत्यु , गरिब र दलितका लागि कहाँ छ सरकार ?

MadhesKhabar

मधेसका मुख्यमन्त्री सिंहले गरे ६ मन्त्रीलाई बर्खास्त

MadhesKhabar

भिस्वा नाकाबाट ठूलाे परिमाणमा लागु औषधसहित बसका चालक र सहचालक पक्राउ

MadhesKhabar

Leave a Comment