Madhes Khabar
समाज

अस्थायी नयाँ कार्यकक्षबाट मन्त्री यादवले सुरु गरे कामकाज

काठमाडौं,२७माघःशनिबार खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएपछि नयाँ कार्यकक्ष तयार पारिएको छ । शनिबार बिहान खानेपानी मन्त्रालयमा विद्युत् सर्ट भई आगलागी हुँदा मन्त्री यादवको कार्यकक्ष जलेको थियो ।

मन्त्री यादवले आइतबारदेखि नै अस्थायी रूपमा आफ्नो नयाँ कार्यकक्ष बनाएर कामकाज सुरु गरेका हुन् । खानेपानी मन्त्रालयकै तेस्रो तलाको कोठा नम्बर ४०७ मा आइतबारदेखि अस्थायी कार्यकक्ष बनाएर सेवा प्रवाहको काम सुरु गरिएको मन्त्री यादवले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेर जानकारी दिएका छन् । ’शनिबार आगलागी भएर मेरो कार्यकक्षमा पूर्ण रूपमा क्षति पुगेको छ । अहिले मर्मत कार्य भइरहेकाले अस्थायी रूपमा नयाँ कार्यकक्ष स्थापना गरी सेवा प्रवाह सूचारु गरिएको छ,’ यादवले भनेका छन् ।

मन्त्री यादवले शनिबार भएको आगलागीबाट मन्त्रालयका अति महत्वपूर्ण कागजातमा कुनै क्षति नभएको जनाएका छन् । शनिबार बिहान भएको आगलागीबाट मन्त्री यादवको कार्यकक्षमा भएका दुईवटा टेलिभिजन, एउटा डेस्कटप कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, सीसी क्यामेराको मनिटरलगायतका सामग्री नष्ट भएका छन् ।

आइतबार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले आगलागी भएको खानेपानीमन्त्री यादवको कार्यकक्षको अनुगमनसमेत गरेको थियो ।

Related posts

अनैतिक कृयाकलाप गरेको फेला परे पछि भिनाजुले गरे सालोको हत्या

MadhesKhabar

वीरगंज–२१ मा नेकपा एमालेको चुनावी सम्पर्क कार्यालय स्थापना, उम्मेदवार प्रदीप यादवद्वारा उद्घाटन

MadhesKhabar

पर्साको मुसहरवस्तीका २०० बालबालिकालाई शैक्षिक सामग्री सहयोग

MadhesKhabar

Leave a Comment