Madhes Khabar
समाज

उपकार सेवा नेपालले वीरगन्जका दुई जना अपांगता भएका व्याक्तिलाई दियाे ह्वील चेयर

वीरगन्ज,२२माघ:पराेपकारी संस्था उपकार सेवा नेपालले वीरगन्जका दुई जना सहयोगापेक्षी व्यक्तिलाई ह्वील चेयर सहयाेग गरेको छ।उक्त संस्थाले वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयाका सहयोगापेक्षी व्यक्ति रन्जन दास र श्यामनाथ तुरहालाई १/१ थाा ह्वील चेयर प्रदान गरेको हाे।

सामाजिक अभियन्ता प्रकाश थारूका अनुसार, केही दिनअघि आयोजित निःशुल्क आँखा शिविरका क्रममा ती व्यक्तिरूसँग भेटघाट भएको थियो। उक्त शिविरका क्रममा उनीहरूको असहज परिस्थितिबारे जानकारी पाएपछि अपांगता भएका तथा असहाय व्यक्तिहरूलाई सहयोग गर्दै आइरहेको उपकार सेवा नेपालकी अध्यक्ष विद्यादेवी सरावगी सहितकाे टाेलीले मंगलबार छपक‌यामै पुगेर दुवै जनालाई ह्वील चेयर प्रदान गरेकी हुन्।

संस्थाकाे सहयोगले रन्जन दास र श्यामनाथ तुरहाको दैनिक जीवनयापनमा सहजता ल्याउने विश्वास गरिएको थारुले बताए।

कार्यक्रममा जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओम प्रकाश सर्राफकाे पनि उपस्थिति रहेको थियो।

Related posts

वीरगन्जमा कम्प्युटरको तालिम लिइरहेका ३० जना दृष्टि विहिनहरुलाई खाद्यान्न सामग्री सहयोग

MadhesKhabar

प्रहरीको समन्वयमा छोरीको बिहेका लागि दुई परिवारलाई नगदसहित भाडावर्तन सहयोग

MadhesKhabar

वीरगन्जमा बन्दै सुविधा सम्पन्न बृद्धा आश्रम, सांसद चौरसियाले गरे शिलान्यास

MadhesKhabar

Leave a Comment