Madhes Khabar
समाज

उपकार सेवा नेपालले वीरगन्जका दुई जना अपांगता भएका व्याक्तिलाई दियाे ह्वील चेयर

वीरगन्ज,२२माघ:पराेपकारी संस्था उपकार सेवा नेपालले वीरगन्जका दुई जना सहयोगापेक्षी व्यक्तिलाई ह्वील चेयर सहयाेग गरेको छ।उक्त संस्थाले वीरगन्ज महानगरपालिका वडा नम्बर १ छपकैयाका सहयोगापेक्षी व्यक्ति रन्जन दास र श्यामनाथ तुरहालाई १/१ थाा ह्वील चेयर प्रदान गरेको हाे।

सामाजिक अभियन्ता प्रकाश थारूका अनुसार, केही दिनअघि आयोजित निःशुल्क आँखा शिविरका क्रममा ती व्यक्तिरूसँग भेटघाट भएको थियो। उक्त शिविरका क्रममा उनीहरूको असहज परिस्थितिबारे जानकारी पाएपछि अपांगता भएका तथा असहाय व्यक्तिहरूलाई सहयोग गर्दै आइरहेको उपकार सेवा नेपालकी अध्यक्ष विद्यादेवी सरावगी सहितकाे टाेलीले मंगलबार छपक‌यामै पुगेर दुवै जनालाई ह्वील चेयर प्रदान गरेकी हुन्।

संस्थाकाे सहयोगले रन्जन दास र श्यामनाथ तुरहाको दैनिक जीवनयापनमा सहजता ल्याउने विश्वास गरिएको थारुले बताए।

कार्यक्रममा जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओम प्रकाश सर्राफकाे पनि उपस्थिति रहेको थियो।

Related posts

सामाजिक अभियन्ताको पहलमा दलित बालिकालाई ह्वील चेयर सहयोग

MadhesKhabar

पर्साका जनताले भोगेका समस्याहरु प्रति काँग्रेसको चासो

MadhesKhabar

वीरगन्जमा मजदुर दिवसको अवसरमा ३२ जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment