वीरगन्ज,१३बैशाखः १३६औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा वीरगन्जमा शनिबार आयोजित रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन्। अखिल नेपाल ट्रेड युनियन महासंघले घण्टाघर चोकमा आयोजना गरेको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका हुन् ।
रक्तदान गर्नेहरुमा सरुना नेसा,बलराम प्रसाद,सुरज प्रताप साह,राजेश साह,विकेश सिंह, छुनीलाल चौधरी,कृष्ण पुडासैनी,श्रीराम यादव,मुकेश सहनी,सन्देश कुमार,राजेन्द्र भट्टराई लगायतका रहेको नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताले जानकारी दिए ।
अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेशका अध्यक्ष केदार देवको अध्यक्षता तथा महासंघका मधेस प्रदेशका सह–इन्चार्ज अर्जुन चिमोरियाको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सभापति ब्रृजकिशोर पटेल,प्रभाकर गुप्ता,बेनि प्रसाद तिमल्सिना,कृष्ण प्रसाद पुडासैनी लगायतकाकोपनि उपस्थिति रहेको थियो।

