Madhes Khabar
समाज

वीरगन्जमा आयाेजित कार्यक्रममा ५५ जनाले गरे रक्तदान

वीरगन्ज,२६माघ:वीरगन्जमा शनिबार नेवा देय दबूले आयोजना गरेकाे रक्तदान कार्यक्रममा ५५ जनाले रगतदान गरेका छन्।

 

माईस्थानस्थित गहवामाई मन्दिर अगाडि आयाेजित रक्तदान कार्यक्रममा ७ जना महिलासहित ५५ जनाले रगतदान गरेका हुन्।रक्तदान गर्नेहरुमा भिखा श्रेष्ठ,रेनु श्रेष्ठ,मनिषा चौधरी,नितेश पाण्डे,मनोहर शेष,सुनिल श्रेष्ठ,विनित कर्ण,शैलेन्द्र कुमार साह लगायतका रहेका छन्।

 

नेवा देय दबू वीरगन्ज महानगर समितिका अध्यक्ष सत्यम खड्गीको अध्यक्षता तथा प्राध्यापक डाक्टर दीपक शाक्यको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष जुलुम खड्गी,कार्यक्रम संयोजक दिनेश जोशी,महिला कोषाध्यक्ष साबाना श्रेष्ठ,जुली श्रेष्ठ,प्रेमा श्रेष्ठ, मधेस प्रदेश वरिष्ठ उपाध्यक्ष दिपेन्द्र वैद्य,सुनिल श्रेष्ठ लगायतकाको पनि उपस्थिति रहेको नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाको युवा संयोजक अभिलाष गुप्ताले जानकारी दिए।

Related posts

पर्साका दलित अभियन्ता मनाेज राम पाेखरामा सम्मानित

MadhesKhabar

बेलवामा साहिब दरबारद्धारा आयोजित निःशुल्क आँखा शिविरबाट १२० जना लाभान्वित

MadhesKhabar

‘दाह संस्कार नगर्ने छोरा कसैलाई पनि नपरोस…..’

MadhesKhabar

Leave a Comment