
क्रान्ति शाह
वीरगन्ज,२२असोजः आइतबार बेलुकी सामाजिक सञ्जाल फेसबुकमा शम्सानघाटमा एउटा शवको दाहसंस्कार गर्दै गरेको तस्वीर देखा परयो ।मानव सेवा आश्रमका केन्द्रिय सदस्य देवेश गुप्ताले पोष्ट गरेको उक्त तस्वीरको माथि स्टाटस लेखिएको थियो ‘दाह संस्कार नगर्ने छोरा कसैलाई पनि नपरोस…..’
घाटमा एक युवकले चित्तामा शव जलाउदै गरेको तस्वीर अनि उक्त तस्वीरको माथि लेखिएको यस्तो स्टाटसले मेरोपनि ध्यान तान्यो । अनि देवेशले फेसबुकमा किन यस्तो तस्वीर हाले ? किन यस्तो स्टाटस लेखे ? यी दुई प्रश्न मेरो मनमा उठ्यो ।देवेश वीरगन्जकै युवा भएकाले चिनजानपनि राम्रै रहेकाले उनलाई मैले फोन गरे ।
फोनमा देवेशले भने,‘ दाई योे घटना वीरगन्जको होइन । जनकपुरको हो । जनकपुरस्थित मानव सेवा आश्रमका विवेक महतोे भाईको मोबााइल नम्बर दिन्छु । उनलाई नै सम्प्र्क गर्नु भयो भने यस बारे सविस्तारमा जानकारी पाउनु हुनेछ ।
देवेशबाट जनकपुरका विवेकको मोबाइल नम्बर लिएर उनलाई फोन गरे । फोनमा कुराकानी भयो ।अघि मैले भनेकोे फेसबुकको फोटो र लेखिएको स्टाटस बारे विवेकबाट जब सविस्तार जानकारी पाए मन अमिलो भयो ।अनि सोचें म एउटा पत्रकारपनि हुँ ।
बुढेसकालमा सहारा बन्नुको सट्टा आफनै बुबालाइ सडकमा वर्र्षौदेखि अलपत्र छाड्ने, मानव स्वंयसेवीहरुले पारिवारिक पुर्नमिलन गराउन घरमै लिएर पुग्दापनि अस्वीकार गरी आश्रममा फिर्ता पठाइदिने , अनि कालगतीले निधन हुदाँँ दाहसंस्कारको लागि आग्रह गर्दापनि मलाई मतलब छैन , जे गर्न मन लाग्छ त्यहि गर्नु भनेर पन्छिने ती छोराहरु बारे समाजलाई सुसचित गर्नै पर्छ ।
सर्लाहीको हरिवन नगरपालिकाको नयाँरोडस्थित सडकमा २०७८ चैत १२ गते अलपत्र अवस्थामा भेटिएका रौतहटको चन्द्रपुर नगरपालिकाको डुमरीया टोलका ७५ वर्षिय अशक्त बृद्ध बद्री माझीलाई मानव सेवा अश्रमका स्वंयसेवीहरुले सडकबाट उद्धार गरेर त्यहिको मानव सेवा आश्रममा लगेर राखे ।
सामान्य हिडडुल समेत गर्न नसक्ने बिरामी अवस्थामा रहेका माझीलाई आश्रममा राखेर उपचार गरियो ।करिब तीन महिनाको उपचार र सेवासुसाारपछि तङ्ग्रीएका माझीले सन्तानका नाममा रहेको एक्लो छोराले नै हेला गरेपछि २० वर्ष पहिले नै आँफु घर छाडेर हिडेको भन्दै आफनो घरपरिवार बारे सविस्तार बताए ।
त्यसपछि आश्रमका स्वंयसेवीहरुले माझीलाई लिएर चन्द्रपुरस्थित घरमै पुगे । तर माझीका छोराले घरमा राख्नै मानेनन् । त्यसपछि माझीलाई जनकपुर उपमहानगरपालिका वडा नम्बर १२ स्थित मानव सेवा आश्रममा लगेर रााखियो ।
आश्रममै रहेका बेला यहि असोज १३ गते बिहान कलगतीले माझीको निधन भयो । आश्रमका मधेस प्रदेश संयोजक विवेकले फोन मार्फत माझीको निधनको खबर चन्द्रपुरस्थित घरमा रहेका छोरालाई सुनाए । दाहसंस्कारका लागि आइदिन आग्रहपनि विवेकले गरे । तर उताबाट छोराको जवाफ आयो ,‘ हामी केहि गर्न सक्दैनौं । जे गर्नु मन्छ त्यहि गर्नु । अब हामीलई फोनपनि नगर्नु होला ।
यस्तो निर्दयी जवाफ सुनेका विवेक भन्छन्,‘ छोराले यहि तीन वाक्य बोलेर फोन नै काटिदिए । राम्रोसंग कुरा गर्नपनि चाहेनन् ।अनि हामीले प्रहरीलाई खबर गर्यौ । प्रहरीलेपनि छोरालााई फोन गर्यो । प्रहरीले फोन गर्दापनि छोराले कुरा गर्न मानेनन् ।
प्रहरीले मुचुल्का उठाएर अस्पतालमा पोष्टमार्टम गरेपछि असोज १४ गते विवेकसहित आश्रमका स्वंयसेवीहरुले माझीको शव जनकपुरकै स्वर्गारी घाटमा लगेर हिन्दु रितिरिवाज अनुसार अन्तिम दाहसंस्कार गरिदिए ।
मानव सेवा आश्रमका प्रदेश संयोजक विवेक भन्छन्,‘ यस्तो छोरा कसैलाईपनि नपरोस् । एक त जिउँदै हुदा बुढेसकालको साहरा बन्नुको सट्टा सडकमा अलपत्र पारिदिए । मरेपछि दाहसंस्कारका लागि हामीले आग्रह गर्दापनि मतलब छैन भन्ने छोरापनि हाम्रै समाजमा रहेछन् ।
जनकपुरस्थित आश्रममा माझी जस्तै घरपरिवारबाटै बेवास्ता गरिएका , अशक्त , बृद्धबृद्धा , सडकमा अलपत्र पारिएका गरी ४२ जना लक्ष्मीनारायणहरु रहेको विवेक बताउछन् ।

