Madhes Khabar
समाज

पर्साको विश्रामपुरमा एक घरबाट डेढ करोड बढीको सुनचाँदीका गरगहना चोरी

वीरगन्ज, ६जेठः पर्साको बहुदरमाई नगरपालिका–९ विश्रामपुरमा मंगलबार राति घरबाट करिब डेढ करोड रुपैयाँ बराबरको सुनचाँदीका गहना चोरी भएको छ ।

विश्रामपुरका नन्दकिशोर पटेल, नन्दलाल पटेल, बिरजेश पटेल र राजकिशोर पटेलको घरबाट मंगलबारराति करिब २८ तोला सुन तथा डेढ किलोभन्दा बढी चाँदीका गरगहना चोरी भएको पीडित परिवारहरुले बताएका छन् ।

घरमा प्लास्टरको काम भइरहेकाले चारै जना दाजुभाइका गरगहना एउटै स्थानमा राखिएको थियो । गहना राखिएको दराज भुइँतल्लामा थियो । परिवारका सदस्यहरु भने राति माथिल्लो तलामा सुतेका थिए ।

पीडित नन्दकिशोर पटेलका अनुसार चोरहरूले चोरी गर्नुअघि कोठाको ढोकामा बाहिरबाट चुकुल लगाएका थिए । बुधबार बिहान करिब ३ बजे उठेर बाहिर निस्कन खोज्दा ढोका बाहिरबाट बन्द रहेको थाहा पाएपछि उनले आफ्नै घरमा सुतेका भाइ नन्दलाल पटेललाई फोन गरेर बोलाएका थिए । त्यसपछि ढोका खोल्दा घरमा राखिएका सुनचाँदीका गहना चोरी भएको खुलेको उनले बताए ।

घटनाबारे जानकारी पाएलगत्तै घटना स्थलमा पुगेर प्रहरीले अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेलले जानकारी दिए ।पीडित परिवारले चोरीमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।साभारः कालिका टाइम्स

 

Related posts

नारायणी अस्पतालमा लायन्स क्लबले १६० जना बिरामीहरुलाई बाँड्यो कम्बल

MadhesKhabar

माओवादी नेता लाल बिहारीले २० जनाकाे माेतियाबिन्दुकाे निशुल्क शल्यक्रिया गराइ दिने

MadhesKhabar

सिम्रौनगढमा मन्दिर नजिक पिसाब फेरेको निहुँमा लुटपाट र तोडफोड

MadhesKhabar

Leave a Comment