Madhes Khabar
समाज

पर्सागढीको आमोदेवीमा मानव सेवा केन्द्र भवनको सिलान्याश

मधेसखबर
वीरगन्ज, १०फागुन : पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ मा आमोदेवी मानव सेवा केन्द्रको भवन निर्माण हुने भएको छ ।
पर्सागढी नगरपालिका र आमोदेवी सेवा केन्द्रको संयुक्त लगानीमा मानव सेवा केन्द्रको भवन निर्माण कार्य बुधबारदेखि शुरु गरिएको हो । १७ लाख रुपैयाको लागतमा निर्माण गर्न लागिएको सेवा केन्द्रको दुई कोठे भवनको बुधबार सिलान्याश गरिएको छ ।

पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकको उक्त भवनको सिलान्याश गरेका हुन् । सिलान्याश गर्दै मेयर पाठकले मानव सेवाको उदेश्यका साथ स्थापित मानव सेवा केन्द्रको भवन निर्माणका लागि नगरपालिकाले आगामी दिनमा थप सहयोग गर्नेबताए ।
पर्सागढि नगरपालिकाले गत आर्थिक बर्ष ०७९÷०८० को बजेटमा बिनियोजित गरेको १२ लाख र आमोदेवी मानव सेवा केन्द्रको आफनै ५ लाख गरि कूल १७ लाख रुपैयाको लागतमा भवन निर्माणको सुरुवात गरिएको सेवा केन्द्रका अध्यक्ष अशोक बुर्लाकोटीले जानकारी दिए ।

मेयर पाठकको प्रमुख आतिथ्यतामा बुधबार भएको सिलान्याश कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष सुकमान तमांग, कार्यपालिका सदस्य सीता लामा , पुर्व वडाध्यक्ष बेदमन दास थारु , वडा सदस्य दोय रामजिवन थारु लगायतको पनि उपस्थिती थियो ।

Related posts

वीरगन्जको मानव सेवा आश्रममा सहयोग गर्ने पर्साका सशस्त्र प्रहरी एसपी भट्टको प्रतिबद्धता

MadhesKhabar

वीरगन्जको सरकारी विद्यालयका २ सय बालबालिकालाई न्यानाे लुगा वितरण

MadhesKhabar

प्रहरीको समन्वयमा छोरीको बिहेका लागि दुई परिवारलाई नगदसहित भाडावर्तन सहयोग

MadhesKhabar

Leave a Comment