Madhes Khabar
समाज

पर्सागढीको आमोदेवीमा मानव सेवा केन्द्र भवनको सिलान्याश

मधेसखबर
वीरगन्ज, १०फागुन : पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ३ मा आमोदेवी मानव सेवा केन्द्रको भवन निर्माण हुने भएको छ ।
पर्सागढी नगरपालिका र आमोदेवी सेवा केन्द्रको संयुक्त लगानीमा मानव सेवा केन्द्रको भवन निर्माण कार्य बुधबारदेखि शुरु गरिएको हो । १७ लाख रुपैयाको लागतमा निर्माण गर्न लागिएको सेवा केन्द्रको दुई कोठे भवनको बुधबार सिलान्याश गरिएको छ ।

पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकको उक्त भवनको सिलान्याश गरेका हुन् । सिलान्याश गर्दै मेयर पाठकले मानव सेवाको उदेश्यका साथ स्थापित मानव सेवा केन्द्रको भवन निर्माणका लागि नगरपालिकाले आगामी दिनमा थप सहयोग गर्नेबताए ।
पर्सागढि नगरपालिकाले गत आर्थिक बर्ष ०७९÷०८० को बजेटमा बिनियोजित गरेको १२ लाख र आमोदेवी मानव सेवा केन्द्रको आफनै ५ लाख गरि कूल १७ लाख रुपैयाको लागतमा भवन निर्माणको सुरुवात गरिएको सेवा केन्द्रका अध्यक्ष अशोक बुर्लाकोटीले जानकारी दिए ।

मेयर पाठकको प्रमुख आतिथ्यतामा बुधबार भएको सिलान्याश कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष सुकमान तमांग, कार्यपालिका सदस्य सीता लामा , पुर्व वडाध्यक्ष बेदमन दास थारु , वडा सदस्य दोय रामजिवन थारु लगायतको पनि उपस्थिती थियो ।

Related posts

कलैयामा एम्बुलेन्स चालक संघको कार्यक्रममा ३५ जनाले गरे रगत दान

MadhesKhabar

उपकार सेवा नेपालद्वारा छपकैयाका बृद्धलाई ह्वील चेयर सहयोग

MadhesKhabar

ठोरीको बृद्धा आश्रममा उपकार सेवा नेपालद्वारा खाद्यान्न सामग्री सहयोग

MadhesKhabar

Leave a Comment