Madhes Khabar
समाज हेडलाइन

बाराको ग्रामीण भेगका महिलाहरुले लिए पत्रकारीता तालिम


बारा,८साउनःबाराको कलैया चार दिने आधारभुत पत्रकारीता तालिम सम्पन्न भएको छ ।टेवा नेपालको सहयोगमा सखीः महिलाको साथी” नामक संस्थाले खासगरी ग्रामीण भेगमा युवा महिलाहरुका लागि आधारभुत पत्रकारीता तालिमको आयोजना गरेको हो ।

संस्थाले फेटा गाँउपालिकामा संचार क्षेत्रमा महिलाको नेतृत्व विकास र सहभागिता अभिवृद्धिका गर्ने उद्देश्यले ग्रामीण भेगमा दलित ,पिछडीएका समुदायका २१ जना किशोरी तथा महिलाहरुको लागि आधारभुत पत्रकारिता तालिमको आयोजना गरेको थियो ।
संस्थाकी कार्यकारी अध्यक्ष मधु कुश्वाहाको अध्यक्षतामा भएको तालिमको सहजीकरण संस्थाकी सामाजिक परिचालिका जुही मेहताले गरेकी थिईन् भने सहभागिहरुलाई पत्रकार माधुरी महतोले प्रशिक्षण दिएकी थिईन् ।

सोमबार सम्पन्न भएको चार दिने तालिमका सहभागि महिलाहरुले तालिममा सिकेका कुरालाई मनन गर्दै अब गाउँगाउँ टोलटोलका बेथिती , समस्या , विकास निर्माण ,शिक्षा , स्वास्थ्य लगायतका हरेक क्षेत्रका विषयवस्तुलाई उठान गर्ने र समाचार बनाउने प्रयासमा लाग्ने बताएका छन् ।

Related posts

जलवायु परिवर्तनको असर :मधेसमा फेरि चापाकल सुक्न थालेपछि खानेपानीको समस्या बिकराल बन्दै

MadhesKhabar

उद्योगमन्त्री रिजालको स्वकिय सचिवमा यादव र श्रेष्ठ

MadhesKhabar

जेन्जी आन्दोलनमा वीरगन्जका सहिद परिवारको पीडा : छोरा सहिद भए, बुबाको जागिर गुम्यो

MadhesKhabar

Leave a Comment