
क्रान्ति शाह
वीरगन्ज,१५ असार : पर्साको जिराभवानी गाँउपालिकाको १० औं गाँउसभा बुधबार सम्पन्न भएको छ ।वडा नम्बर ३ जितपुरमा बुधबार आयोजित गाँउसभामा पालिका उपाध्यक्ष रेखा चौधरीको तर्फबाट कार्यपालिका सदस्य सरोज चौरसीयाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३६ करोड ३९ लाख २२ हजार रुपैया बराबरको अनुमानित बजेट प्रस्तुत गरे ।
आगामी आर्थिक वर्षको नीति , कार्यक्रम तथा बजेटमा चालु अर्च तर्फ ८ करोड ७० लाख ७५ हजार पूजीगत खर्च तर्फ ११ करोड ५७ लाख ३७ हजार रुपैया विनियोजन गरिएको चौरसीयाले जानकारी दिए ।
जिराभवानी गाँउपालिकाले आगामी आर्थिक वर्षको नीति , कार्यक्रम तथा बजेटमा भौतिक पुर्वाधारसंगै कृषि , शिक्षा र स्वास्थ्य क्षेत्रलाइ पनि प्राथमिकतामा समेटेको गाँउपालिका अध्यक्ष अनोज चौधरीले बताए ।
उनका अनुसार गाँउपालिकाको आफनै कार्यालय भवन निर्माणका लागि ३ करोड रुपैया ,गाँउपालिका स्तरीय योजना तथा कार्यक्रम सन्चालन र कार्यान्वयनका लागि २ करोड २५ लाख रुपैया वडा स्तरीय योजना सन्चालन तथा कार्यान्वयनका लागि २ करोड रुपैया विनियोजन गरिएको छ ।

यसैगरि शिक्षा तर्फ १ करोड रुपैया , कृषि विकास कार्यक्रमका लागि पनि १ करोड रुपैया , महिला , बालबालिका , दलित , अल्पसंख्य ,जेष्ठ नागरिक, मुस्लिम समुदायको जिवनस्तर उकास्नका लागि ८० लाख रुपैया विनियोजन गरिएको पालिका अध्यक्ष चौधरीले जानकारी दिए ।
प्रदेशसभा सदस्य शंकर चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न गाँउसभामा पालिका उपाध्यक्ष रेखा चौधरी , प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता, पाच वटै वडाका वडाअध्यक्ष , वडा सदस्य , कार्यपालिका सदस्य , राजनीतिक दलका प्रतिनिधी लगायतको पनि सहभागीता थियो ।

