Madhes Khabar
मधेस प्रदेश हेडलाइन

मधेसमा बैशाख २० गतेसम्म तातो हावा चल्ने,सतर्कता अपनाउन आग्रह

काठमाडौं,१६बैशाख:मधेस प्रदेशसहित तराईका विभिन्न भूभागमा अझै ५ दिनसम्म तातो हावा चल्ने भएको छ । आज आइतबारदेखि बैशाख २० गतेसम्म तातो लहर चल्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

मधेस,लुम्बिनीसहितका अधिकांश जिल्लामा केही दिनअघि बाटै ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम मापन गरिएको र यो तापक्रम अझै केही दिन नघट्ने महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ ।

पछिल्लो २४ घन्टामा भैरहवामा सर्वाधिक ४२.२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । त्यस्तै दोस्रो स्थानमा नेपालगञ्जमा ४०.५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दाङको घोराही, भैरहवा, विराटनगरमा तातो हावा चल्ने प्रक्षेपण गरिएको छ । महाशाखाका अनुसार तराईमात्रै नभएर पहाडी जिल्लाका खोंच तथा उपत्यकामा पनि तापक्रम बढ्ने अनुमान छ । दोलखाको जिरीमा पनि तातो हावा चल्न सक्ने महाशाखाले उल्लेख गरेको छ ।

महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले शनिबार ३८ डिग्रीभन्दा तल अधिकतम् मापन गरिएका मधेसका पर्सा, सिरहा, सप्तरीलगायत जिल्लामा आज तापक्रम अझ बढ्न सक्ने देखिएको बताए ।

‘मधेस र पूर्वी तराईका केही जिल्लामा हिजो (शनिबार) बादल लागेको थियो । आज बादल हटेर तापक्रम बढ्ने देखिन्छ’, उनले भने, ‘अझै केही दिन तापक्रम घट्ने त्यस्तो संकेत देखिएको छैन ।’

Related posts

घर अगाडि घुर तापेर बसेका बेला बसले ठक्कर दिदाँ राैतहटमा एक जनाकाे मृत्यु

MadhesKhabar

चैती नवरात्रा आजबाट सुरु, वीरगन्जका शक्तिपिठहरुमा भक्तजनहरुको चहलहपल

MadhesKhabar

पप्पु कन्ट्रक्सनका पुर्व सञ्चालक राैनियार जसपा छाडेर एमालेमा प्रवेश

MadhesKhabar

Leave a Comment