Madhes Khabar
समाज

गणतन्त्र दिवसको उपलक्ष्यमा पोखरियामा आयाोजित कार्यक्रममा २१ जनाद्वारा रगतदान

वीरगन्ज, १५ जेष्ठ : पर्साको पोखरियामा गणतन्त्र दिवसको उपलक्ष्यमा सोमबार आयोजित रक्तदान कार्यक्रममा २१ जनाले रगतदान गरेका छन् ।पोखरिया नगरपालिका वडा नम्बर ९ सेमरवारी बर्वामा सोमबार शिवबर्वा युवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रममा २१ जनाले रगतदान गरेका हुन् ।

रगतदान गर्नेहरुमा पवन पटेल , सन्जय चौहान, धिरज कुर्मी , रमेश साह , मनिर आलम , मुमताज मियाँ तेली , आकाश चौहान, सुभाष मियाँ तेली , श्यामबाबु कुर्मी , सद्दाम हुसेन लगायतका रहेको पर्सा ग्रामीण पत्रकार समाजका अध्यक्ष धर्मेन्द्र चौरसियाले जानकारी दिए ।

पोखरिया नगरपालिका , ईलाका प्रहरी कार्यालय पोखरिया , ननेपाल रेडक्रस सोसाइटी पोखरिया उपशाखा र सशस्त्र प्रहरी बलको सहयोगमा आयोजित रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिकहरुले प्राविधिक सहयोग गरेका थिए ।

शिवबर्वा युवा क्लबका अध्यक्ष रुपेश चौहानको अध्यक्षतामा आयोजित रक्तदान कार्यक्रमको समुद्घाटन पोखरिया नगरपालिकाका मेयर प्रधुमन चौहान र लोसपाका नेता निजामुदिन समानीले गरेका थिए ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पोखरिया उपशाखाका सभापति भगवान कुर्मी , नेकपा एमालेका नगर कमिटी अध्यक्ष विन्ध्याञ्चल ठाकुर , वडा अध्यक्ष नौसाद आलम , पर्सा ग्रामीण पत्रकार समाजका अध्यक्ष धर्मेनद्र चौरसिया , विनोद गिरि लगायतको पनि उपस्थिती रहेको थियाो ।

Related posts

किरिया खर्चका लागि विपन्न परिवारलाई वडाध्यक्ष मुखियाले गरे सहयोग

MadhesKhabar

वीरगन्ज कारागारकाे विद्यालयका बालबालिकालाई जुत्ता ,कापीकलम र जुस वितरण

MadhesKhabar

मितेरी पुलमा ट्रकको ठक्करबाट एक भारतीयको मृत्यु

MadhesKhabar

Leave a Comment