Madhes Khabar
समाज

गृहमन्त्री सुधन गुरुङसँग वार्ता गर्न भन्दै गरिमाका आमा–बुवालाई लगियो काठमाडौं

बारा,६ भदौं : बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा–बुवालाई काठमाडौं लगिएको छ ।गृहमन्त्री सुधन गुरुङसँग वार्ता गर्नका लागि दुवै जनालाई शनिबार साँझ काठमाडौं लगिएको जानकारी गराइएको छ ।

शनिबार साँझ सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई स्थानीय अभियन्ताको साथमा काठमाडौं पठाइएको हो ।

गरिमाका आमा–बुवालाई आन्दोलनरत स्थानबाट इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले प्रहरीकै गाडीमा ल्याएर सिमरा विमानस्थलमा बोर्डिङ पास गराएका छन् ।

उनीहरूको साथमा स्थानीय अभियन्ता कपिल खरेल, सम्राट उपाध्याय, नवराज कार्की लगायत ७ जनाको टोली वार्ताका लागि काठमाडौं गएको हो ।

काठमाडौ जानुअघि मृतकका बुवा मनोज चौधरीले स्थानीयबासीलाई आफ्नो छोरीको न्यायको लागि आन्दोलन जारी राखिदिन आग्रह गरेका थिए ।प्रहरी र केही अभियन्ताले वार्ताका लागि काठमाडौं लैजाने योजना गोप्य रूपमा बनाएको भन्दै स्थानीयले सिमरा विमानस्थल अगाडि पनि प्रहरी विरुद्ध नाराबाजी गरेका छन् ।सुनिल गाउँले /अनलाइनखबर

Related posts

पर्साको पचगाँवामा आयोजित रक्तदान कार्यक्रममा ३९ जनाद्धारा रगतदान

MadhesKhabar

वीरगन्जको मानव सेवा आश्रमद्वारा ८ वर्षमा २ सय ९२ जनाको उद्धार

MadhesKhabar

भारतीय आर्केष्टाबाट उद्धार गरिएका ९ जना चेलीलाइ नेपाल फिर्ता ल्याइयो

MadhesKhabar

Leave a Comment