Madhes Khabar
समाज

पर्साको दलित बस्तीमा पनि अन्तर्राष्ट्रिय शान्ति दिवस मनाइयो

मधेसखबर
वीरगन्ज,०५ असोज : पर्साको जिराभावानी गाउँपालिका वडा नम्बर ४ सुपौलीको दलित बस्तीमा बुधबार ४१ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस छलफल र अन्तरकृया मनाइएको छ ।

४१ औँ अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा बुधबार पिसफोर दलितस फाउन्डेसन नेपाल पर्साले दलित वस्तीमा दलितहरुसंग छलफल र अन्तरकृया गरेको हो ।

कर्यक्रममा पिसफोर दलितस फाउन्डेसन पर्साका अध्यक्ष मनोज रामले दलितसंग समाजले मात्र नभइ राज्यले पनि गरिरहेको बताए । त्यसकारण दलितहरु ऋाफनो अधिकारका लागि एकजुट हुन जरुरी रहेको भन्दै उनले सामाजिक विभेद अन्त्यका लागि सबै दलित एकजुट हुनु पर्नेमा जोड दिए ।उनले निःशस्त्र आन्दोलनबाट पनि दलितले आफनो हक अधिकार पाउनेमा आफु विश्वस्त रहेकाले यसकै लागि फाउण्डेशनले सामाजिक आन्दोलन गरिरहेको बताए ।

फाउन्डेशनका उपाध्यक्ष चन्द्रकिशोर रामले दलितको अधिकार सुनिश्चित राज्यका तर्फबाट सम्बोधन गरि सुनिश्चित नगरे सम्म दलितहरुको आन्दोलन चलिरहने बताए । दलित महिला शान्ति देवी मुसहरीनले दलितसंग हुने छुवाछूत लगायतका सामाजिक विभेद अन्त्य नभए सम्म समाजमा शान्ति पनि नहुने बताइन् ।फाउन्डेसनका सदस्य एंव दलित नेता पारमानन्द रामले दलितको शिक्षा र सशक्तीकरणका लागि आफुहरुको सामाजिक आन्दोलनले निरन्तरता पाइरहने बताए ।

दलित अधिकार दबाब समुहका अध्यक्ष रामचन्द्र रामको अध्यक्षता र जिराभवानी गाउँपालिका ४ का वडा अध्यक्ष राजेश्वर थारूको प्रमुख अतिथित्यतामा भएको कार्यक्रममा दलित महिला वडासदस्य कौशिल्या देवी राम , संस्थाका सुरेन्द्र पासवान , अशोक राम ,सन्जोग राम ,शिव राम लगायतका दलित अगुवा र महिलाको सहभागिता रहेकोे थियोे ।

Related posts

जगरनाथपुरको सरकारी विद्यालयमा चापाकल जडान, १०० सय बालबालिकालाई शैक्षिक सामग्री वितरण

MadhesKhabar

बार्षिक उत्सवमा रेडियो वीरगन्जले मंसिर २४ गते रक्तदान कार्यक्रम गर्ने

MadhesKhabar

आगलागीबाट पर्सामा ५ करोड ७२ लाख र बारामा ४ करोड १७ लाखको क्षति

MadhesKhabar

Leave a Comment