Madhes Khabar
समाज

न्याय माग्न सिंहदरबारमा जाँदा आरती साहका आमा र भाई पक्राउ

काठमाडौं,२२माघ:स्वर्गीय आरती साहलाई न्यायकाे माग गर्दै आन्दोलनरत आमा निर्मलादेवी र भाई प्रेम साहलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार दिउँसो ज्ञापनपत्र बुझाउन काठमाडौंकाे सिंहदरबार छिर्न खोजेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरू दुवै जनालाई अहिले सिंहदरबार प्रहरी वृत्तमा राखिएको प्रहरीले जनाएको छ ।

गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका-९ थापाचोकमा आरती मृत अवस्थामा फेला परेकी थिइन् ।

आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीको पति मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरेको थियो ।

गत मंसिरमा सर्वोच्च अदालतले मोतिबाबुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो भने ससुरा मदनमोहन एक लाख धरौटीमा छुटेका थिए ।

Related posts

लालपर्साको विधालयमा बालबालिकाहरुलाई जुत्ता वितरण

MadhesKhabar

वीरगन्जमा बकर ईद पर्वकाे अवसरमा २१ जनाद्वारा रक्तदान

MadhesKhabar

२० औं वार्षिक उत्सवमा रेडियो वीरगन्जले शनिबार वृहत्त रक्तदान कार्यक्रम गर्दै

MadhesKhabar

Leave a Comment