Madhes Khabar
समाज

२० औं वार्षिक उत्सवमा रेडियो वीरगन्जले शनिबार वृहत्त रक्तदान कार्यक्रम गर्दै

मधेसखबर
वीरगन्ज,२२ मंसिर : रेडियो वीरगन्जले आफनो प्रसारणको २० वर्ष पुरा गरी २१ औँ बर्षमा प्रवेश गर्ने अवसरमा आगामी मंसिर २४ गते शनिवार वृहत्त रक्तदान कार्यक्रमको आयोजना गर्ने जानकारी गराएको छ ।

बिहीबार साँझ रेडियो वीरगन्ज परिसरमै आयोजित पत्रकार सम्मेलनमा रेडियो वीरगन्जका कार्यकारी अध्यक्ष ध्रुव साहले रक्तदान कार्यक्रम भव्य रुपमा सफल पार्न रेडियोका श्रोता, विज्ञापनदाता, शुभचिन्तक लगायत सरोकारवाला निकायलाई हार्दिक आग्रह पनि गरे ।

समाजीक क्षेत्रमा समेत उल्लेख्य योगदान पु¥याउदै आएको रेडियो वीरगन्जले २० औ वार्षिक उत्सवको अवसरमा रेडियो परिसरमा आयोजना हुने रक्तदान कार्यक्रममा विगतका बर्षहरुमा झै यस बर्ष पनि उल्लेख्य सहभागिता जनाउन पत्रकार सम्मेलनमा कार्यकारी अध्यक्ष साहले रेडियोका श्रोता, शुभचिन्तकहरुलाई आह्वान गरे ।बार्षिक उत्सवको अवसरमा रेडियोले विभिन्न कार्यक्रमको समेत आयोजना गर्ने अध्यक्ष साहले बताए ।

पत्रकार सम्मेलनमा कार्यकारी अध्यक्ष साहले रेडियो बीरगन्जसँगै संचारको क्षेत्रमा टिभी बीरन्ंज, रेडियो पोखरीया र मधेस प्रदेशकै प्रतिनिधित्व गर्दै मधेशदृष्टि राष्ट्रिय दैनिक प्रकाशन शुरु गरेको जानकारी दिदै रेडियो बीरगन्जबाट शुरु भएको यात्रा अविराम रुपमा अहिले मधेशदृष्टि सम्म पुग्नुमा श्रोता, पाठक, विज्ञापनदाता, दर्शकहरुको आपार माया भएको दावी गरे ।

यस्तै साहले रेडियोका पूर्व सहकर्मी एवं सहयोगी पत्रकार नरेश सर्राफ र मधेस प्रदेश मिडिया काउन्सिलका अध्यक्ष अध्यक्ष शिवहरि भट्टराईको असामयिक निधनका कारण यसपालिको वार्षिक उत्सवमा वृहत्त सांस्कृतिक कार्यक्रम भने नगर्ने जानकारी पनि गराए ।पत्रकार सम्मेलनको सहजिकरण रेडियो वीरगन्जका समाचार प्रमुख ध्रुव अधिकारीले गरेका थिए ।

Related posts

आगलागीबाट पर्सामा ५ करोड ७२ लाख र बारामा ४ करोड १७ लाखको क्षति

MadhesKhabar

वीरगन्जका दुई स्थानमा आयोजित कार्यक्रममा ११८ जनाले गरे रक्तदान

MadhesKhabar

निर्वाचनका दिन मतपेटीका लुटेर भाग्ने बैठा पक्राउ

MadhesKhabar

Leave a Comment