Madhes Khabar
समाज

पूर्वमिस नेपाल उषा खड्कीले उजुरी दिएपछि पूर्वपति जीपी तिमल्सिना पक्राउ

वीरगन्ज,२४ चैत : पूर्वमिस नेपाल उषा खड्कीका पूर्वपति जीपी तिमल्सिना मंगलबार बिहान पक्राउ परेका छन्।

आफूमाथि जीपीले अभद्र व्यहार र घरेलु हिंसा गरेको भन्दै उषाले सोमबार भक्तपुर प्रहरी परिसरमा उजुरी दिएकी थिइन्। भक्तपुर प्रहरी परिसरका सुचना अधिकारीले जीपीलाई पक्राउ गरिएको पुष्टी गरे।

गत १७ चैतमा फेसबुकमार्फत उषाले सुरक्षा चाहिएको बताउँदै नयाँ सरकारले आफूलाई न्याय दिनुपर्ने स्ट्याटस लेखेकी थिइन्।२०७९ जेठ २६ गते उषा र जीपीबीच काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद भएको थियो।

सम्बन्ध विच्छेदपश्चात पनि उषा र जिपी लोकन्थलीस्थित एउटै घरमा बस्छन् । उषाले उक्त घरको एक हिस्सा अंशको रुपमा पाएकी हुन् । सोही अनुरुप घरको तेस्रो तल्लामा जिपी र उनकी दोस्रो श्रीमती सविना अधिकारी बस्छन् भने दोस्रो तल्लामा दुई सन्तानका साथ उषा बस्छिन् ।उक्त घरलाई लिएर पनि बाराम्बार जिपीले आफूलाई टर्चर दिने गरेको उषाको भनाइ छ ।

 

Related posts

लागुपदार्थ विरुद्ध वीरगन्जमा सानो पाइलाको सात दिने अभियान शुरु

MadhesKhabar

साहिब दरबारले वीरगन्जका ३०० बालबालिकालाई बाड्यो स्वीटर

MadhesKhabar

१५० बर्ष पुरानो वस्ती पर्साको शिकारीबास :जहाँका गाँउले विकासका लागि अझै खोज्दै छन् सरकार

MadhesKhabar

Leave a Comment