Madhes Khabar
समाज

वीरगन्जमा जेष्ठ नागरिक,एकल महिला र अपाङ्गता भएका व्याक्तिहरुलाई कम्बल र इलेक्ट्रिक जग वितरण

वीरगन्ज,१८पुसःवीरगन्ज महानगरपालिका वडा नम्बर ९ मा रहेका जेष्ठ नागरिक, अपाङ्गता भएका व्याक्ति र एकला महिलाहरूलाई कम्बल र इलेक्ट्रिक जग वितरण गरिएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ९ को सहयोगमा अदया कन्स्ट्रक्सन पर्साले १६२ जनालाई कम्बल र इलेक्ट्रिक जग वितरण गरेको हो ।

अहिलेको चिसो मौसममा जेष्ठ नागरिक, अपाङ्गता भएका व्याक्ति र एकल महिलाहरू बढी प्रभावित हुने भएकाले उनीहरूलाई राहत पुर्याउने उद्देश्यले ती सामग्री बाँडिएको वडाध्यक्ष जवाहर प्रसाद गुप्ताले बताए । उनले भने,‘समाजका कमजोर र विपन्न वर्गको संरक्षण र सहयोग गर्नु स्थानीय सरकारको दायित्व हो।’आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए ।

कम्बल र जग वितरण कार्यक्रममा समाजसेवी शतिस सिंह राजपुतका साथै स्थानीय अगुवाहरुकोपनि उपस्थिती थियो ।

Related posts

रामवनमा दुई किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला

MadhesKhabar

अमलेखगन्जमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

MadhesKhabar

ठोरीको जंगलबाट एक भारतीय युवतीको उद्दार

MadhesKhabar

Leave a Comment