
मधेसखबर
वीरगन्ज,१३ साउन : पर्साको ठोरी गाउँपालिका वडा नंबर १ बाट एक जना भारतीय युवतीको उद्दार गरिएको छ ।
अन्दाजी २२ बर्षका एक युवक संग ठोरी १ को जंगलमा भेटिएकी अन्दाजी १६ बर्षकी युवतीलाई ठोरी १ का वडाध्यक्ष धनमान थापाको पहलमा उद्दार गरि इलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको छ ।
युवती र युवकका अभिभावकले ठोरी १ का वडाध्यक्ष थापालाई आफ्ना छोराछोरी ठोरी तिरै आएको जानकारी दिएपछि खोजी गर्दा त्यहिको एक जङ्गलमा फेला पारेको अध्यक्ष थापाले बताए ।
उनीहरूलाई फेला पारेपछि इप्रका ठोरी र आशिष सामाजिक सेवा नेपाल ठोरीलाई खबर गरि बुझाइएको अध्यक्ष थापाले बताए । ती युवकले युवतीलाई ललाइफकाई ठोरी सम्म ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको आशिष सामाजिक सेवा नेपाल ठोरीले जनाएको छ ।
उद्दार गरिएकी युवतीलाइ परिवारका सदस्यलाई जिम्मा लगाइएको थापाले जानकारी दिए ।

