Madhes Khabar
समाज

ठोरीको जंगलबाट एक भारतीय युवतीको उद्दार

तस्वीर: रेडियो विजयवस्ती

मधेसखबर

वीरगन्ज,१३ साउन : पर्साको ठोरी गाउँपालिका वडा नंबर १ बाट एक जना भारतीय युवतीको उद्दार गरिएको छ ।

अन्दाजी २२ बर्षका एक युवक संग ठोरी १ को जंगलमा भेटिएकी अन्दाजी १६ बर्षकी युवतीलाई ठोरी १ का वडाध्यक्ष धनमान थापाको पहलमा  उद्दार गरि इलाका प्रहरी कार्यालय ठोरीमा बुझाइएको छ ।

युवती र युवकका अभिभावकले ठोरी १ का वडाध्यक्ष  थापालाई आफ्ना छोराछोरी ठोरी तिरै आएको जानकारी दिएपछि खोजी गर्दा त्यहिको एक जङ्गलमा फेला पारेको अध्यक्ष थापाले बताए  ।

उनीहरूलाई फेला पारेपछि इप्रका ठोरी र आशिष सामाजिक सेवा नेपाल ठोरीलाई खबर गरि बुझाइएको अध्यक्ष थापाले बताए । ती युवकले युवतीलाई ललाइफकाई ठोरी सम्म ल्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको आशिष सामाजिक सेवा नेपाल ठोरीले जनाएको छ ।

उद्दार गरिएकी युवतीलाइ  परिवारका सदस्यलाई जिम्मा लगाइएको थापाले जानकारी दिए ।

Related posts

आगलागीबाट पर्सामा ५ करोड ७२ लाख र बारामा ४ करोड १७ लाखको क्षति

MadhesKhabar

वीरगन्ज कारागारमा रहेको समता स्कुललाई एभरेष्ट बैंकद्वारा दुई लाख सहयोग

MadhesKhabar

वीरगन्जमा सहकारीको बार्षिकोत्सव कार्यक्रममा ३२ जनाले गरे रक्तदान

MadhesKhabar

Leave a Comment