Madhes Khabar
समाज

वीरगन्जमा सहकारीको बार्षिकोत्सव कार्यक्रममा ३२ जनाले गरे रक्तदान

वीरगन्ज,११बैशाखःवीरगन्जमा मंगलबार नेशनल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।सहकारी संस्थाको २६ औं बार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ७ महिलासहित ३२ जनाले रगत दान गरेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

रगतदान गर्नेहरुमा वर्षा शाक्य,रविता पटेल, गीता पौडेल,मनिला सिंह ,आरजु देवकोटा,राकेश उपाध्याय, अनुज कार्की,मदन पटेल,अशोक पौडेल , अफरोज हुसेन,सन्दिप राउत,जाहेद अली,रन्जित यादव ,प्रविण सिंह ,सिद्धार्थ क्षेत्री, सन्जय कुमार महतो,,सुशील राउत लगायतका रहेका रहेको पाण्डेले बताए ।

संस्थाका अध्यक्ष डिल्लीबिक्रम कार्कीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका प्रमुख संजय कुमार महतो,सिएमसी क्लबका अध्यक्ष रविभुषण श्रीवास्तव,जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पर्साका महासचिव जिष्णु बराल,नेपाल पत्रकार महासंघ पर्साका युवराज खड्का लगायतकोपनि उपस्थिती रहेको संस्थाका सचिव गोविन्द प्रसाद श्रेष्ठले जानकारी दिए।

Related posts

नगवामा आयोजित कार्यक्रममा २ महिला सहित ३६ जनाद्वारा रक्तदान

MadhesKhabar

इनरवामा एमाले उम्मेदवार प्रदीप यादवको घरदैलो, सम्पर्क कार्यालय उद्घाटन

MadhesKhabar

गर्मीकाे कहरमा डाक्टरहरुकाे समाज सेवा : नारायणी अस्पतालमा निशुल्क सर्वत पानी वितरण

MadhesKhabar

Leave a Comment