
वीरगन्ज,६ फागुन : वीरगन्ज महानगरपालिका वडा नम्बर १६ मा शनिबार जनजाति तथा दलित सेवा समिति वीरगन्ज र नेपाल रजक सेवा समाज बारा पर्साको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।नगवा स्थित नयाँवस्तीमा आयोजित रक्तदान कार्यक्रममा २ महिला सहित ३६ जनाले रगतदान गरेको रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन गर्दै वीरगन्ज महानगरपालिकाका उपमेयर ईम्तियाज आलमले रक्तदान गर्नु जीवनदान गर्नु सरह भएकाले रक्तदान कार्यक्रमा सहभागी भएर पुण्य कमाउन आग्रह गरेका थिए । शरिरमा उत्पादन हुने रगत तीन तीन महिनामा आफै खेर भएर जाने भएकाले स्वस्थ्य र निरोगी व्यक्तिले प्रत्येक ३÷३ महिनामा एक पटक रक्त दान गर्नुपर्ने उनले बताए ।
उपमेयर आलमकै प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममा जनजाति तथा दलित सेवा समितिका अध्यक्ष लवकुश कुमार बैठा,नेपाल रजक सेवा समाजका अध्यक्ष जटाशंकर बैठा,वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक विदुर प्रसाद सिवाकोटी, उपमेयर आलमका स्वकिय सचिव शेष हजरा, नेपाली कांग्रेसका युवा नेता धर्मराज यादव,पत्रकार राहुल गुप्ता लगायतको पनि उपस्थिती थियो ।

