Madhes Khabar
समाज

पर्साको देकुलीमा आगलागी हुदाँ फुसको घर जलेर नष्ट

मधेसखबर
वीरगन्ज,८फागुन : पर्साको पटेर्वा सुगौली गाँउपालिका वडा नम्बर ३ पश्चिम देकुली गाँउमा सोमबार एक घरमा आगलागी भएको छ ।
स्थानीय बासदेव माझीको घरमा सोमबार अपरान्ह ३ बजे तिर आगलागी भएको हो । फुसको घरमा लागेको आगो स्थानीयवासीले १ घण्टा लगाएर निभाएका थिए । आगलागीबाट घर जलेर खरानी हुृदाँ करिब १ लाख रुपैया बराबरको नोक्सानी भएको घरधनी माझीले बताए ।

आगलागीको कारण भने खुल्न नसकेको र यस बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकाो छ ।

Related posts

गर्मीबाट राहत दिन घण्टाघर चोकमा निःशुल्क सातु–पानी वितरण

MadhesKhabar

उदयपुरमा ट्रक दुर्घटना हुदा बाराका चार जानको मृत्यु

MadhesKhabar

वीरगन्जमा आयाेजित आकस्मिक रक्तदान कार्यक्रममा ३० जनाद्वारा रगत दान

MadhesKhabar

Leave a Comment