Madhes Khabar
समाज हेडलाइन

जन्मदिनमा युवा उद्यमी अग्रवालले रक्त सञ्चार केन्द्रलाई दिए नगद २१ हजार

वीरगन्ज,८कार्तिक:वीरगन्जका युवा उद्यमी नविनत अग्रवालले आफ्नाे जन्मदिनकाे अवसरमा रक्त सञ्चार केन्द्र वीरगन्जलाई २१ हजार रुपैयाँ सहयाेग गरेका छन् ।

अग्रवालले गरिब तथा विपन्न बिरामीलाई नि:शुल्क रगत उपलब्ध गराउनका लागि रक्त सञ्चार केन्द्रलाई आर्थिक सहयाेग गरेका हुन् ।बुधबार अग्रवालले रक्त सञ्चार केन्द्रमा आफ्ना प्रतिनिधी पठाएर नेपाल रेडक्रस साेसाइटी पर्साका काेषाध्यक्ष महन्थ ठाकुरलाई नगद २१ हजार रुपैयाँ प्रदान गरेका हुन् ।

त्यस अवसरमा रेडक्रस साेसाइटी रेशमकाेठी उपशाखाका सचिव लालबाबु सिंह, छपकैया उपशाखाका ग्याससदिन ठकुराई, केन्द्रका प्राविधिक धिरेन्द्र झा, कुमार दाहाल, राजन श्रीवास्तव लगायतको पनि सहभागीता थियाे ।

Related posts

बारा ४ मा दुई पूर्व मन्त्री सहित त्रिपक्षीय भिडन्त, गठबन्धनका किसान संकटमा

MadhesKhabar

गौ हत्या गर्नेलाई कारबाही नगरेको भन्दै वीरगन्जमा गृहमन्त्री विरुद्ध प्रदर्शन, ५ जना पक्राउ

MadhesKhabar

ठाकुरराम क्याम्पसको परिक्षाकेन्द्र फिर्ता ल्याउन संयुक्त पहल गर्ने सर्वपक्षीय बैठकको निर्णय

MadhesKhabar

Leave a Comment