Madhes Khabar
समाज

मृगौला रोगबाट पिडित नाबाालक छोराको उपचारमा सहयोग गरि दिन बुबा आमाको गुहार

मधेसखबर
वीरगन्ज,०८असार : मृगौला (किड्नी ) को रोगबाट ग्रसीत पर्साको पोखरीया नगरपालिका वडा नम्बर ६ का नाबालक किसनको उपचारका लागि आर्थिक सहयोग गरि दिन उनका अभिभावकले सार्वजनिक अपिल गरेका छन् ।
स्थानीय शम्भु पासवानकाा नाबालक छोरा ७ वर्षिय किसन किड्नीको समस्याबाट बिरामी छन् । तर आर्थिक अवस्था निक्कै कमजोर भएका कारण बुबा शम्भुले छोरा किसनको उपचार गराउन पाएका छैनन् ।

किसनलाइ उपचारका लागि अस्पतालमा भर्ना गराउनका लागि मात्रै तत्काल २५ हजार रुपैया लाग्ने भएको ततर त्यति रकम पनि नहदा किसनलाइ घरमै राखिएको पोखरिया युवा समाजका संयोजक भगवान दास तत्वाले जानकारी दिएका छन् ।

तत्वा भन्छन् , ‘कमजोर आर्थिक हैसियत भएको परिवारले त्यत्रो पैसा जोहो गर्न सकिरहेकाो छैन , त्यसैले हामी सबै मिलेर उनको उपचारको लागि रकम जोहो गर्न सबैसँग सहयोग मागिरहेका छौ ।

बलक किसनको उपचारमा अस्पतालमा भर्ना गरेपछि थप रकम पनि आवश्यक पर्ने भएकाले अरु रकमको जोहो गरेर मात्रै अस्पतालमा ल्याउन अस्पताल प्रशासनले भनेको बुबा शम्भुले बताए ।

चार जना सदस्य भएको शम्भुको परिवारको मुख्य आम्दानीको स्रोत दैनिक ज्यालदारी मात्रै हो ।त्यो काम पनि अहिले छोरा बिरामी भएका काारण रोकिएको छ । शम्भुले भने ‘वर्षभरिको कमाईले खान लाउन नै धौधौ हुन्छ, त्यसमाथि गरीखान सक्ने घरमा म र मेरो श्रीमती बाहेक अरु कोही छैन, एक वर्ष देखि छोराको उपचारको लागी घुम्दा घुम्दै हातमुख जोड्ने जोहो गर्ने कि उपचार खर्च जुटाउने ? केहि उपाय लागि रहेको छैन ।

बालक किसनको उपचारमा सहयोग गर्न चाहनेले किसनकी आमा संजना देवीको नाममा कृषि बिकास बैकमा रहेको खाता नम्बरमा ०५०७२०१८२१०१४०१५ सक्दो आर्थिक सहयोग गरिदिनुहुन परिवार सहित पोखरिया युवा समाजले अनुरोध सहित अपील गरेका छन् ।

Related posts

वीरगन्जमा अन्तर्राष्ट्रिय कल बाइपासको अबैध धन्दा चलाउने भारतीय नागरिक पक्राउ

MadhesKhabar

अहमदिया संघ नेपालले भुकम्प पिडितहरुलाई खाना खुवाउँदै

MadhesKhabar

विश्व आत्महत्या राेकथाम दिवस: नेशनल मेडिकल कलेजमा सन्देशमुलक नाटक प्रदर्शन

MadhesKhabar

Leave a Comment