Madhes Khabar
समाज

विश्व आत्महत्या राेकथाम दिवस: नेशनल मेडिकल कलेजमा सन्देशमुलक नाटक प्रदर्शन

वीरगन्ज,२५ भदौं:वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा मंगलबार विश्व आत्महत्या रोकथाम दिवसकाे अवसरमा `आत्महत्या रोकथाम बारे संवाद गरौं,द्धष्टिकोण बदलौ´ कार्यक्रम सम्पन्न भएको छ ।

कलेजकाे मनोचिकित्सा विभागको आयोजनामा`आत्महत्या रोकथाम बारे संवाद गरौ,द्धष्टिकोण बदलौं´शीर्षककाे सन्देशमुलक नाटक प्रदर्शन गरिएको थियाे।

कार्यक्रममा प्रमुख अतिथि नेशनल मेडिकल क्लेजका एकेडेमिक निर्देशक नुशरत जहाँ अंसारीले आत्महत्या रोकथाम विश्वभरि नै एउटा चुनौतिको रुपमा रहेको बताइन् । नेपाल सरकारको तथ्यांक अनूसार आर्थिक वर्ष २०७८/०७९ मा ६ हजार ८५० जनाले आत्महत्या गरेकाे उनले जानकारी गराइन्।विश्व स्वास्थ्य संठनका अनूसार संसारभर १५ देखि २९ वर्ष समूहमा आत्महत्या मृत्युको दोस्रो कारण रहेकाेमा ९० प्रतिशत भन्दा बढी आत्महत्या मानसिक स्वास्थ्य समस्याका कारणले हुने गरेकाे उनले बताइन् ।

 

तकार्यक्रमका विशिष्ठ अतिथि अस्पतालकी निर्देशक इशरत जहाँ अंसारीले सन्देशमुलक नाटकले धेरै कुराहरुको पाठ सिकाएको भन्दै चाहे जुन पनि प्रस्थिति किन नहोस आत्महत्या गर्न नहुने बताइन्।समस्या र तनाव हरेक मानिसलाई हुने गरेको भन्दै उनले समस्या र तनावसंग संघर्ष गर्न छाडेर आत्महत्या गर्नु कायरपन भएको बताइन्।

नाटकमा कृति पौडेल,दिक्क्षा आचार्य, करुणा नेपाल र अरनित विश्वकर्माको अभिनय रहेको थियो ।

डाक्टर रामप्रकाश साहकाे अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक डाक्टर के.एन.सिं, नर्सिंग निर्देशक प्राध्यापक गंगा गुरुङ,प्राध्यापक बबिता सिहं, प्राध्यापक कविता पाठक, प्राध्यापक जफर आलमका साथै कलेजका विद्यार्थी ,स्वास्थ्यकर्मी लगायतकाेपनि सहभागीतारहेको थियो ।

Related posts

मानव सेवा आश्रमको टोलीद्वारा वीरगन्जको पावर हाउस चोकबाट एक बेवारिसे व्यक्तिको उद्धार

MadhesKhabar

इनरवामा एमाले उम्मेदवार प्रदीप यादवको घरदैलो, सम्पर्क कार्यालय उद्घाटन

MadhesKhabar

वीरगन्जमा दाइजोबिना विवाह गरेका दुई दम्पति विवाहस्थलमै सम्मानित

MadhesKhabar

Leave a Comment