सर्लाही,१९ चैत :सर्लाहीको गोडैता नगरपालिका–५ रामवनस्थित चौरमा रहेको एउटै रुखमा दुई जना किशोरीहरु झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
प्रहरीका अनुसार रामनगर–६ सिसौटका विनोद दासकी अन्दाजी १५ वर्षीया छोरी संगीता कुमारी र विनोदका दाजु इन्द्रजित दासकी अन्दाजी १७ वर्षीया छोरी नगिना कुमारी दास रुखमा पासो लगाएर मृत अवस्थामा फेला परेका हुन्। दुवै जना आँपको रुखमा झुन्डिएको अवस्थामा भेटिएका हुन्।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

