Madhes Khabar
समाज

बारामा चट्याङ लागेर एक किसानको मृत्यु ,बालिका सहित दुइ घाइते

सांकेतिक फोटो

मधेसखबर
वीरगन्ज,१७ असार : बारामा शुक्रबार दिउँसो चट्याङले लागेर एक जना किसानको मृत्यु भएको छ । चट्याङले लागेर एक जना बालिका सहित दुइ जना घाइते पनि भएका छन् ।

मृत्यु हुनेमा सुवर्ण गाँउपालिका वडा नम्बर ७ सनफुलवाका २० वर्षिय धिरज प्रसाद यादव रहेका छन् ।
शुक्रबार दिउँसो आफनै खेतमा काम गरिरहेका बेला अचानक खसेको चट्याङले लागेर यादवको घटनास्थलमै मृत्यु भएको हो ।

त्यहि ठाँउमा चट्याङले लागेर सनफुलवाकै २८ वर्षिय नेतालाल पंडित र भरोस यादवकी छोरी ८ वर्षिया कुमारी यादव घाईते भएका छन् ।

घाइते दुवै जनाको स्थानिय मेडिकलमा उपचार गरिएको र दुवै जनाको अवस्था समान्य रहेको,बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।

Related posts

बारामा १३ वर्षिया बालिकालाई बलात्कार गरि फरार बैठा ७ महिनापछि पक्राउ

MadhesKhabar

पर्साकाे बैरियामा आगलागी पिडित परिवारलाई खाद्यान्न सामग्री सहयाेग

MadhesKhabar

मृत्युपछि आँखा दान गर्नका लागि प्रेरित गर्ने उदेश्यका साथ वीरगन्जमा `जनजागृत अभियान´ सञ्चालन

MadhesKhabar

Leave a Comment