वीरगन्ज, १२ वैशाख :वीरगन्ज महानगरपालिका वडा नम्बर १० को वडा कार्यालयले शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा ३९ जनाले रगत दान गरेका छन् ।घडिअर्वा स्पोट्सै क्लब र पशुपति आदर्श क्लबको सहयोगामा वडा नम्बर १० को वडा कार्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा २ महिलासहित ३९ जनाले रगत दान गरेका हुन् ।
पर्सा–२ का सांसद सुशील साह कानु आँफैले रगत दान गरेर शुभारम्भ गरेको उक्त रक्तदान कार्यक्रममा सन्तोष कानु, लखनलाल गुप्ता,जितेन्द्र सर्राफ,डा. उमेश कुशवाहा,अमृत नगरकोटी,राजबाबु गुप्ता,रोशन कुमर्मी,श्यामबाबु कलवार,जितेन्द्र कुशवाहा,रामनारायण साह, कन्हैया सर्राफ लगायतकाले रगत दान गरेका हुन् ।
वीरगन्ज–१० का कार्यवाहक वडाध्ध्यक्ष सन्तोष जैसीको अध्यक्षता तथा सांसद कानुको प्रमुख आतिथ्यतामा भएको रक्तदान कार्यक्रममै वीरगन्ज–१० का वडाबासीलाई आवश्यक पर्दा रक्त सञ्चार केन्द्रबाट निःशुल्क रगत उपलब्ध गराउनका लागि नेपाल रेडडक्रस सोसाइटी पर्सा शाखा र वडा नम्बर १० को वडा कार्यलयबीच सम्झौतापत्रमा हस्ताक्षरपनि गरिएको थियो । रक्त सञ्चार केन्द्रबाट रगत लिन जाँदा त्यसबापत लाग्ने शुल्क वडा कार्यालयले व्यवहोर्ने गरि रेडक्रस सोसाइटी पर्सा शाखा र वडा कार्यालयबीच सम्झौता भएको नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका राजन श्रीवास्तवले जानकारी दिए ।
उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका मन्त्री विनोद गिरी, रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डे, वडा सदस्यहरु प्रभु महतो, मिश्रादेवी नगरकोटी , प्रमिला देवी , वडा कार्यालयका सचिव पवन प्रधान , घडिअर्वा स्पोट्र्स क्लबका अध्यक्ष सन्तोष कानु, पशुपति आदर्श क्लबका अध्यक्ष सन्तोष गुप्ता, मनोजहर साह, सन्तोष गुप्ता, दिलिप साह कानु, राजेश सिंह लगायतकाकोपनि सहभागिता थियो ।

