Madhes Khabar
समाज हेडलाइन

पर्साकाे मुसहर बस्तीका बालबालिकालाई अमेरिकी संस्थाको सहयाेग

वीरगन्ज,१६कार्तिक:पर्साकाे एक मुसहरबस्तीका दलित बालबालिकालाई अमेरिकी संस्थाले सहयाेग गरेकाे छ ।
सखुवा प्रसाैनी गाँउपालिका वडा नम्बर  ३ काैवाबनकाे मुसहरबस्तीका १ सय २० जना दलित बालबालिकालाई
हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल )अमेरिकाले शैक्षिक र खाद्य सामग्री सहयाेग गरेकाे हाे ।
बिहीबार संस्थाका देवी डेवीड आचार्यले मुसहरबस्तीमै पुगेर दलित बालबालिकालाई कापी,कलम, सिसाकलम , बिस्कुट र चाउचाउ प्रदान गरे ।
शिक्षामा दलित समुदायका बालबालिकाको पहुँच बढाउन र उनिहरुलाई विद्यालयमा टिकाउने उदेश्यले शैक्षिक सामग्रीका साथै खाने कुरापनि वितरण गरेकाे संस्थाका अध्यक्ष आचार्यले बताए ।
सन् २०१२ मा अमेरिकामा स्थापना गरिएको एचडीएनपी इन्टरनेसनल संस्थाले स्थापना कालदेखिनै अमेरिकाको टेक्सासमा घरबार बिहिन र मागेर जीविका चलाउने दुखीहरूलाई त्रैमासिक रूपमा खाना खुवाउँदै आई रहेको उनले जानकारी गराए। यसका साथै नेपालकापनि विभिन्न जिल्लामा दलित समुदायलाई आर्थिक सहयोग , अति विपन्नलाई खाद्यान्न र दलित बालबालिकालाई शैक्षिक सामाग्रीहरु सहयाेग गर्दै आएकाे उनले बताए ।
आचार्यले पर्साका दलितबस्तीका बालबालिकाका अभिभावकहरुको  जिविकोपार्जनको लागि पनि सहयाेग गर्ने वाचा गरे ।
त्यसअवसरमा पर्सामा करिब १ हजार दलित बालबालिकालाई नि:शुल्क ट्युसन पढाउँदै आएको पिसफोर दलितस फाउन्डेसन नेपाल पर्साले एचडीएनपी इन्टरनेसनल अमेरिकाका अध्यक्ष आचार्यलाइ सम्मानपत्र प्रदान गरी सम्मानित गरेको थियाे ।
दलित अभिभावक संघ पर्साकी अध्यक्ष उर्मिला देवी मुसहरकाे अध्यक्षतामा भएकाे कार्यक्रममा हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय  फाउन्डेसनका सदस्य पारमानन्द राम, सुरेन्द्र पासवान, सन्जोग राम , संगीता देवी मुसहर , अशोक राम लगायतकोपनि सहभागीता रहेकाे पिस फोर दलित फाउन्डेसन नेपालका अध्यक्ष मनोज रामले जानकारी दिए।

Related posts

सरकारी विद्यालयमा महानगरको निरन्तर अनुगमन, फेरि १३ शिक्षकसँग स्पष्टिकरण माग

MadhesKhabar

घडीअर्वा छठघाट सजावटको काम तिब्र, शुक्रबार रक्तदान कार्यक्रम

MadhesKhabar

हेटौंडामा डाक्टरलाई कुटिपट गर्ने चार जना पक्राउ

MadhesKhabar

Leave a Comment