Madhes Khabar
वाग्मती प्रदेश हेडलाइन

हेटौंडामा डाक्टरलाई कुटिपट गर्ने चार जना पक्राउ

मकवानपुर,२८भदाैं:मकवानपुरकाे हेटाैँडामा दुई जना डाक्टरमाथि कुटपिट गर्नेमध्ये चार जना पक्राउ परेका छन् । कुटपिटमा संलग्न मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता, छोरा रोहित र भतिजा अनुपलाई पक्राउ गरेकाे र अरूको भइरहेको प्रहरीले जनाएको छ ।

झन्डै एक महिनाअघि सञ्चो अस्पतालमा डेङ्गी भएका हेटौँडा–१२ पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापर्बाही गरेर मृत्यु भएको भन्दै मृतकका आफन्तले डाक्टरमाथि कुटपिट गरेका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । अस्पतालका अनुसार डेङ्गी पुष्टि भएका प्रधानकाे केही दिनपछि चितवनको भरतपुर अस्पतालमा उपचार भइरहेको थियो । प्रहरीका अनुसार उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको अस्पतालमा कार्यरत डाक्टर विकास थापा र प्रशान्त बिडारीमाथि बुधवार बिहान कुटपिट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसैबीच नेपाल चिकित्सक सङ्घले हेटौँडामा डाक्टर कुट्नेलाई ७२ घण्टाभित्र कानुनी दायरामा नल्याएमा देशभर आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएको छ ।

Related posts

वीरगन्जको हरिखेतान क्याम्पसमा तत्काल पठनपाठन सुचारु गर्न अनेरास्ववियुको माग

MadhesKhabar

मधेसी सहिद पत्नि विनिताकाे पिडा : हाेटलमा जुठाे भाँडा माझेर बच्चाहरुलाई पालिरहेकाे छु

MadhesKhabar

पानीको श्रोत खोज्दै चुरे–भावर क्षेत्रमा पुग्यो मेयरसहित वीरगन्ज महानगरको टोली

MadhesKhabar

Leave a Comment