Madhes Khabar
शिक्षा हेडलाइन

सरकारी विद्यालयमा महानगरको निरन्तर अनुगमन, फेरि १३ शिक्षकसँग स्पष्टिकरण माग

वीरगन्ज, ८ जेष्ठ : नयाँ शैक्षिक सत्र सुरु भएसँगै वीरगन्ज महानगरपालिकाले सामुदायिक (सरकारी) विद्यालयहरुको पठन पाठन चुस्त पार्न अनुगमनलाई पनि तिब्रता दिएको छ ।विद्यालयमा शिक्षक अनुपस्थित हुँदा विद्यार्थीहरुको पठन पाठन प्रभावित हुने भएकाले कडाई गर्न महानगरले अनुगमनलाई तिब्रता दिएको हो ।

आइतबार अनुगमनका क्रममा अनुपस्थित देखिएका एउटै विद्यालयका २४ जना शिक्षकलाई कारबाही गरेको महानगरले सोमबार पनि छुट्टाछुट्टै विद्यालयका १३ जना शिक्षकलाई कारबाही गरेको छ ।

सोमबार बिहान गएको अनुगमन टोलीले वीरगन्जको माइस्थान विद्यापिठ मा.वि.मा ८ जना शिक्षक अनुपस्थित रहेको भेटेको छ । यस्तै अनुगमन टोलीले वडा नम्वर १७ अलौमा रहेको श्री द्वारदेवी मा.वि.मा पनि ५ जना शिक्षक अनुपस्थित रहेको भेटेको छ ।
विद्यालय समयमा अनुपस्थित भएका शिक्षकलाई २४ घण्टा भित्र स्पष्टिकरण बुझाउन पत्र काटिएको महानगरका शिक्षा महाशाखा प्रमुख अरबिन्दलाल कर्णले बताउनुभयो ।

द्वारदेवी मा.वि.मा अहिले पनि विद्यार्थीसँग विभिन्न शीर्षकमा पैसा लिने गरेको पनि अनुगमन टोलीले फेला पारेको छ । टोलीले विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीसँग विभिन्न शीर्षकमा पैसा उठाउन राखिएको रसिदको ३ वटा ठेली नै नियन्त्रणमा लिएको छ ।

महानगरले विद्यार्थीसँग कुनै पनि बहानामा कुनै पनि शीर्षकमा पैसा नलिन सार्वजनिक आह्वान नै गरेको छ । तर द्वारदेवी मा.वि.ले विद्यार्थीसँग पैसा असुलेको भेटिएकाले त्यसका प्रधानाध्यापकलाई पनि कारबाही गरिने शिक्षा महाशाखा प्रमुख कर्णले बताए ।टोलीले सोमबार नै वीरगन्ज १४ मा रहेको सिद्धार्थ मा.वि.को समेत अनुगमन गरेको छ ।

Related posts

विधालयमा पंखा नचल्दा गर्मीमा बालबालिकालाई सास्ती

MadhesKhabar

बिपिएस कलेजद्वारा २ दिने तालिमको आयोजना, उपमेयर आलमले गरे उद्घाटन

MadhesKhabar

भेडाहा खोलाबाट बालुवा तस्करी गर्ने तीन वटा ट्यक्टर प्रहरीको नियन्त्रणमा

MadhesKhabar

Leave a Comment