Madhes Khabar
शिक्षा हेडलाइन

एसईईमा पर्साबाट ४ जिपिए ल्याउन सफल सरकारी विद्यालयका विद्यार्थीसहित ८ जना सम्मानित

वीरगन्ज,३१असार:माध्यमिक शिक्षा परीक्षा(एसईई) २०८१ मा पर्सा जिल्लाबाट ४ जिपिए ल्याउन सफल ८ जना विद्यार्थीहरुलाई सम्मानित गरिएको छ।मंगलबार जिल्ला शिक्षा समितिकाे आयाेजना तथा जिल्ला प्रशासन कार्यलय पर्साकाे सहआयाेजनामा आयाेजित जिल्लाकाे शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धि विमर्श कार्यक्रममा उनिहरुलाई नगद पुरस्कारसहित सम्मानित गरिएको हाे।

 

सम्मानित हुनेहरुमा सामुदायिक विद्यालय त्रिजुद्ध माविका छात्र सचिन मेहता, संस्थागत विद्यालय कादम्बरी एकेडेमीका छात्रा सिद्धी शर्मा,साक्षी यादव,छात्र यश जयसवाल र साैरभ पाण्डे तथा गाैतम माविका छात्रा जाेया हवारी,दिपीशा राैनियार र छात्र आरभ चाैरसिया रहेका छन्।

उनिहरुलाई जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ,प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र शिक्षा विकास समन्वय ईकाइ पर्साका प्रमुख हरि राउतले जनही १० हजार रुपैयाँ र कदरपत्र प्रदान गर्दै सम्मानित गरे।४ जिपिए ल्याउन सफल विद्यार्थीका अभिभावकहरुलाई पनि दाेशल्ला ओढाएर सम्मानित गरिएको थियाे।

कार्यक्रममा एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालयहरु त्रिजुद्ध मावि,कादम्बरी एकेडेमी ,गाैतम मावि,सिद्धार्थ मावि र जिएचपी माविलाई पनि कदरपत्रसहित सम्मानित गरिएको थियाे।यस्तै जिल्ला मै उत्कृष्ट केन्द्राध्यका रुपमा श्री माध्यमिक विद्यालय विजयवस्ती,ठाेरीका प्रधानाध्यापक नारायण लामालाई पनि नगद १० हजार र कदरपत्र प्रदान गरि सम्मानित गरिएको थियाे।

जिल्ला समन्वय समिति पर्साका अध्यक्ष अजय सर्राफकाे अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालयकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षा विकास समन्वय ईकाइ पर्साका प्रमुख हरि राउत,बहुदरमाई नगरपालिकाका मेयर सिंगासन सा तेली,पर्साका प्रहरी उपरीक्षक गाैतम मिश्र,सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल,अभिभावक संघ पर्साका अध्यक्ष सन्दीप साह,नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज यादव,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल,जिल्लाका १४ वटै पालिकाका शिक्षा शाखा प्रमुख, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक लगायतकाकाेपनि सहभागिता थियाे।

Related posts

पर्सामा स्वतन्त्रको पहिलो जित , प्रदेशसभा सदस्यमा जयसवाल निर्वाचित

MadhesKhabar

पर्सामा निकुञ्जले पालेकै हात्तीको आक्रमणबाट माउतेको मृत्यु

MadhesKhabar

पर्सा ४ : काँग्रेसका रिजालको अग्रता फराकिलो बन्दै

MadhesKhabar

Leave a Comment