प्रमोद यादव
पर्सा,२६पुसःपर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ सोनवर्षास्थित स्वास्थ्य चौकीको प्राङ्गणमा शनिबार आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् । सृजनशिल शिक्षा विकास केन्द्र पर्साले आयोजनामा गरेको रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका हुन् ।
रक्तदान गर्नेहरुमा सुलमान मिया दर्जी,प्रविन्द प्रसाद महतो,प्रमोद प्रसाद यादव,विनोद कुमार यादव,धिरज चौधरी,राजाबाबु चौधरी,दिलसाद आलम,रमेश साह,ज्वाला गिरी,मुना तिवारी,राधेश्याम मुखिया,रेयाज खान लगायतका रहेको रक्त सञ्चार केन्द्र वीरगन्जले जनाएको छ।
रगतको अभावका कारण कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले गाउँपालिका र स्वास्थ्य निकायसँगको समन्वयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको सृजनशिल शिक्षा विकास केन्द्रका अध्यक्ष चिरञ्जीवी यादवले बताए।
सृजनशिल शिक्षा विकास केन्द्रका अध्यक्ष चिरञ्जीवी यादवको अध्यक्षतामा आयोजित रक्तदान कार्यक्रममा वडाध्यक्षद्वय माधव प्रसाद राउत थारु र फरमान मिया अन्सारी,पटेर्वा सुगौली गाँउपालिकाको स्वास्थ्य शाखा प्रमुख भुजेन्द्र प्रसाद यादव, योजना शाखा प्रमुख राजकुमार महतो,रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक मनिष साह , विवेबक यादव,शनि यादव,सन्तोष पटेल लगायतकोपनि उपस्थिती थियो ।

