Madhes Khabar
शिक्षा हेडलाइन

पर्साको सरकारी विद्यालयका बालबालिकालाई युवा नेता मितवाले बाँडे स्कूल ब्याग

वीररगन्ज,५असोजःपर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरीमा रहेको मुखदेव सुशीला माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई स्कूल ब्याग वितरण गरिएको छ ।

साल्ट टेडिंग कर्पोरेशन काठमाडौंको सहयोगमा नेपाली कांग्रेसका युवा नेता राकेश यादव मितवाले उक्त विद्यालयको बालविकास कक्षामा अध्ययनरत ६७ जना बालबालिकाहरुलाइ स्कूल ब्याग वितरण गरेका हुन्। उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुखदेव साह कानु, प्रधानाध्यापक लक्ष्मीकान्त प्रसाद,शिक्षक,शिक्षिकाका साथै बालबालिकाका अभिभावकहरुकाृपनि उपस्थिती थियो ।

आगामी स्थानीय तहको निर्वाचनमा मेयरको आकांंक्षीसमेत रहेका कांग्रेस युवा नेता यादवले यसअघि नेरामावि बैरियाका ६५ जना र भंगी साह मावि रामनगरीका ७३ जना बालबालिकाहरुलाई पनि स्कूल ब्याग वितरण गरेका थिए । बहुदरमाई नगरपालिकाका ९ वटै वडामा सबै २२ वटा सामुदायिक विद्यालयका बालविकास कक्षामा अध्ययनरत बालबालिकाहरुलाई स्कूल ब्याग वितरण गरिने यादवले बताए ।

यसबाहेक आँफुले ९ वटै वडामा निःशुल्क आँखा शिविरपनि सञ्चालन गरेको र त्यसबाट करिब ३ जजार जना लाभान्वित भएको उनले जानकारी दिए ।

Related posts

गौरमा आगलागी हुदा तीन बालबालिकाको मृत्यु

MadhesKhabar

नारायणी अस्पतालमा २ करोडको लागतमा फोहोर व्यवस्थापन केन्द्र सन्चालन

MadhesKhabar

मधेस प्रदेशमा सबैभन्दा बढी एचआईभी एड्सका संक्रमित पर्सा जिल्लामा

MadhesKhabar

Leave a Comment