पर्सा,१३ भदाैं:पर्साकाे धोबीनी गाउँपालिका-४ लंगडी चाेकमा शनिबार आयोजित बृहत् खुला रक्तदान कार्यक्रममा ८८ जनाले रक्तदान गरेका छन्।ह्युमन लभ च्यारिटी फण्डले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा ३ महिलासहित ८८ जनाले रक्तदान गरेका हुन्।
रक्तदान गर्नेहरुमा चित्रन्जना पटेल ,हिना बेगम, रेन्जु पटेल, रामपुर्ती साह कानु, निरज पटेल,लोकनाथा पटेल,रामान्नद ठाकुर,सुलतान मिया,रामबाबु पटेल, पसुराम पटेल, राजन गुप्ता, रोसन चौरसिया, उमेश साह कानु,अमन पटेल, प्रशान्त गुप्ता ,अलियास मिया लगायतका रहेकाे रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख साैरभराज पाण्डेले जानकारी दिए।
आयाेजक संस्थाका अध्यक्ष डा.इमरान अन्सारीको अध्यक्षता तथा धोबीनी गाउँपालिकाका अध्यक्ष मदन प्रसाद चौहानकाे प्रमुख आतिथ्यतामा आयाेजित कार्यक्रममा वडाध्यक्ष अब्बास मियाँ, कार्यपालिका सदस्य दिनेश कलवार,नेपाल रेडक्रस साेसाइटी पर्सा शाखाका सभापति बृजकिशाेर पटेल लगायतकाको पनि उपस्थिति रहेको थियो।

