Madhes Khabar
समाज

वीरगन्जमा एनआई कलेजको कार्यक्रममा १६९ जनाले गरे रक्तदान

वीरगन्ज,२५असारःवीरगन्जमा नेपाल रेडक्रस सोसाइटी पर्साद्वारा सञ्चालित रक्त सञ्चार केन्द्रमा रगतको चरम अभाव भइरहेका बेला वीरगन्जको एक कलेजले बुधबार आयोजना गरेको रक्तदान कार्यक्रममा १६९ जनाले रक्तदान गरेका छन् ।

वीरगन्ज नेशनल इन्फोटेक (एनआई) कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा २४ महिलासहित १६९ जनाले रक्तदान गरेका हुन् । कलेजको आफ्नै भवनमा आयोजित रक्तदान कार्यक्रममा स्नेहा शाह, रानी पाल, सम्झना यादव, सुगता कुमारी यादव, मनिका यादव, रविना खातुन, श्योमनी कुमारी, मनीष सिंह, जितेन्द्र कुमार साह, रीतेश कुमार पटेल, रोशन प्रजापति, लेखनाथ पोखरेल, कृष्ण मिश्र लगायतकाले रुक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ताले जानकारी दिए ।

रक्तदान कार्यक्रमको समुद्घाटन कलेजको प्रशासन प्रमुख काजल सिंहले आँफैले रक्तदान गरेर गरेकी थिइन् । रक्तदान कार्यक्रममा कलेजका सञ्चालक तथा पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंह, युवा नेता सुधिर पटेल, मानवसेवा आश्रमका देवेश गुप्ता, सामाजिक अभियन्ता ओम कुमार झा, रक्तसञ्चार केन्द्र वीरगन्जका प्राविधिक धिरेन्द्र झा, राजन श्रीवास्तव, विवेक यादव, समिम अन्सारी लगायतकापनिको सक्रिय भूमिका रहेको थियो ।

Related posts

बारामा चुनावका दिन भएको हत्यामा संलग्न ६ जना पक्राउ

MadhesKhabar

बारामा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा जनप्रतिनिधि पक्राउ

MadhesKhabar

अझैपनि विभेद र अपमानसंग लड्दै मधेसका लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय

MadhesKhabar

Leave a Comment