Madhes Khabar
समाज हेडलाइन

पर्सामा विधुत चोरी गरि प्रयोग गर्ने १२ जना पक्राउ

प्रमोद यादव
पर्सा, २५ असोज : पर्साको ग्रामीण भेगमा विधुत चोरी गरि प्रयोग गर्ने १२ जना पक्राउ परेका छन् ।सोमबार राति नेपाल विधुत प्राधिकरण पोखरिया वितरण केन्द्रको चुहावट नियन्त्रण टोलीले विभिन्न गाँउबाट १२ जनालाइ पक्राउ गरेको हो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीसंगै लिएर खटिएको प्राधिकरणको टोलीले पर्साको भेडिहारी गाँउबाट ३ जना , भखिमपुर गाँउबाट ३ जना , तुलसीबर्वा गाँउबाट २ जना , लंगडी गाँउबाट १ जना , हरिहरपुरबाट १ जना , लक्ष्मीपुरबाट १ जना र मसिहानीबाट १ जनालाइ पक्राउ गरेको हो ।

विधुतको पोलमा सिधै तार हुकींग गरेर चोरीको विधुत प्रयोग गरिरहेको अवस्थामा उनिहरुलाइ पक्राउ गरिएको विधुत प्राधिकरण पोखरीया वितरण केन्द्र प्रमुख जगन्नाथ झाले बताए ।पक्राउ परेकाहरुलाइ आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पोखरियामा बुझाइएको झाले जानकारी दिए ।

Related posts

वीरगन्जका निवर्तमान वडाध्यक्ष चाैरसियालाइ भ्रष्टाचार प्रकरणमा ३ महिना जेल

MadhesKhabar

जेनजी आन्दोलनपछि संकटमा परेकाे वीरगन्ज महानगरलाई विभिन्न संघ–संस्थाद्वारा सहयोग

MadhesKhabar

वीरगन्जको मनरोड विस्तारको विरोधमा घरधनीहरु आन्दोलित,बजार बन्द गर्ने घोषणा

MadhesKhabar

Leave a Comment