Madhes Khabar
समाज

अन्तर्राष्ट्रिय वन दिवसको अवसरमा पर्साको मसिहानीमा वृक्षारोपण

वीरगन्ज,८चैतःअन्तर्राष्ट्रिय वन दिवसको अवसरमा पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ मसिहानीमा शुक्रबार वृक्षरोपण गरिएको छ ।“समृद्धिका लागि वन परियोजना” अन्तर्गत मसिहानीमा वृक्षारोपण गरिएको हो । जगरनाथपुर गाँउपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले विरुवा रोपेर वृक्षारोपण कार्यक्रमको सुुभारम्भ गरेका थिए ।

त्यस अवसरमा अध्यक्ष यादवले मानव स्वास्थ्यका लागि मात्र नभई संसारकै वातावरण संरक्षणमा बोटविरुवा र जंगलको महत्वपूर्ण भूमीका रहेकाले हरेक गाँउ टोलमा वृक्षारोपण गर्नुपर्नेमा जोड दिए ।उनले वृक्षारोपण कार्यक्रम गरेर विरुवा रोप्ने मात्र नभई ती विरुवाको संरक्षणमा पनि ध्यान दिनुपर्ने बताए ।

जगरनाथपुर गाउँपालिकाको आयोजनामा भएको वृक्षारोपण कार्यक्रममा जगरनाथपुर गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, वडाध्यक्ष नेपाली कुशवाहा, बिहारी महतो नुनिया लगायतकाकोपनि सहभागीता रहेको थियो ।

Related posts

वीरगन्जमा काँग्रेसबाट टिकट नपाएर अरु दलमा गएकाहरुलाइ पार्टीमा फर्कन अपिल

MadhesKhabar

७ वर्षसम्म साङ्लोले बाँधिएका बाराका जोगेश्वरले पाए नयाँ जीवन

MadhesKhabar

अलौकाे यज्ञमा दलितलाई बस्न नदिने घटना प्रति दलित पत्रकार संघ पर्साको आपत्ती

MadhesKhabar

Leave a Comment