Madhes Khabar
समाज

उपमेयर उम्मेदवार रम्भाको दाबी – जनताको अपार समर्थन पाइरहेको छु

क्रान्ति शाह
वीरगन्ज, २१ बैशाख ः वीरगन्ज महानगगरको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी नेतृ रम्भा मिश्राले घरदैलो कार्यक्रमका क्रममा जनताको अपार समर्थन पाइरहेको बताएकी छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एमालेसंग चुनावी तालमेल गरेपछि असन्तुष्ट भइ उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी मिश्राले उपमेयरका १० उम्मेदवार मध्ये राजनीतिक र सामाजिक सेवाका दृष्टिले आफनो लगानी सबै भन्दा बढि रहेकाले उपमेयरमा आफनो पक्षमा जनलहर बढ्दै गएको बताएकी हुन् ।
महानगरका विभिन्न वडाहरुमा चुनावी घरदैलो र भेटघाटलाइ तिब्रता दिएकी मिश्राले भनिन् ,‘ महिलाको पहिचान र अस्तित्व रक्षाका लागि मेयरो उम्मेदवारी परेको हो ,मेरो उम्मेदवारीले सबै भन्दा बढि महिलाहरु उत्साहित हुनुहुन्छ,।
वीरगन्ज महानगरका बौद्धिक वर्गासंग पनि भेटेर छलफल गरेकी मिश्राले यहाको बौद्धिक वर्ग पनि आफनो साथमा रहेको र आफना लागि जनतासंग मत मागि रहेको उनले बताइन् ।
छलफलका क्रममा शिक्षित र बौद्धिक वर्गसंग वीरगन्जको विकास र समृद्धिका लागि आफुले सुझाव मागेको उनले बताइन् ।
ती सुझावहरुलाइ पनि आफुले आफनो चुनावी एजेण्डा बनाएको उनले बताइन् । उनले आफु उपमेयरमा निर्वाचित भएपछि मधेसमा पछाडि पाारिएका महिला र सिमान्तकृत समुदायको लागि पहिलो काम गर्ने बताइन् ।
छलफलमा प्याब्सन पर्साका अध्यक्ष पुरण प्रधान, सनलाईट माविका प्रधानाध्यापक आलोक कुमार चौरसिया, नवदिप एकेडेमीकी प्रधानाध्यापिका सुशिला साह, साउथ जोन माविका प्रधानाध्यापक सरोज प्रसाद चौधरी, रमिता श्रेष्ठ, दीपा अधिकारी लगायतको सहभागीता रहेको थियो ।

Related posts

समाजसेवी रुंगटाको सहयोगमा वीरगन्जको नगवामा विपन्नहरुलाई कम्बल वितरण

MadhesKhabar

छोरी जन्मिएपछि मानवसेवा आश्रममार्फत पारिवारिक पुर्नमिलन: सासु–ससुरा अस्पतालमै आए बुहारी र नातिनीलाई लिन

MadhesKhabar

वीरगंजको लालपर्सामा भएको स्वास्थ्य शिविरमा ४ सय जनाभन्दा बढीकोे चेकजाँच

MadhesKhabar

Leave a Comment