वीरगन्ज,२२मंसिरःवीरगन्जस्थित रक्त सञ्चार केन्द्र(ब्लड बैंक) सफ्टवेयर जडान गरी मोबाइल एप पनि सञ्चालन गरिएको छ। सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै रक्त सञ्चार सेवालाई पनि अत्याधुनिक, व्यवस्थित, पारदर्शी तथा डिजिटलाइज गर्न ब्लड बैंकमा सफ्टवेयर र मोबाईल एप सञ्चालनमा ल्याइएको हो ।
नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले सञ्चालन गरेको ब्लड बैंकमा सञ्चालनमा ल्याइएको सफ्टवेयर र मोबाइल एपको उद्घाटन गर्दै रेडक्रस सोसाईटी पर्साका सभापति वीरेन्द्र राज कंडेलले सफ्टवेयर र मोबाईल एपले रक्त सञ्चार र रक्तदान अभियानलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने बिश्वास ब्यक्त गरे ।
वीरगन्जमा रगतको सहजताको लागी करिब ४ देखि ५ सय भन्दा बढी संघसंस्थाहरुले खेलेको भुमिका र नियमित रुपमा रक्त संकलन गरी महत्वपुर्ण भुमिका निर्वाह गर्ने सम्पुर्ण संघसंस्थाहरुलाई धन्यवाद दिदै उनले सफ्टवेयर तथा मोबाइल एपबाट सहज ढंगले रगत ब्यवस्थापनमा मदत पुग्ने बताए ।ब्लड बैंक अन्र्तगत रक्त संचार सेवालाई अत्याधुनिक तथा प्रबिधि मैत्री बनाउने उदेश्यले ब्लड बैंकमा सफ्टवेयर तथा मोबाइल एप सञ्चालन गरिएको उनले बताए ।
रक्त सञ्चार केन्द्रका प्राविधिक प्रमुख सौरभराज पाण्डेका अनुसार, रक्त सञ्चार सफ्टवेयर अन्तरगत सम्पूर्ण डाटावेश, रक्तदान गरेका व्यक्तिलाई धन्यवाद,जन्मदिनमा शुभकामना सहित एसएमएस नोटिफिकेसन, स्वचालित बिलिङ सिस्टम र बिल प्रिन्ट गर्न मिल्ने छ ।
यस्तै व्यक्तिगत युजर तथा पासवर्ड, ल्याब रिर्पाेट, डोनर कार्ड, डोनर सर्टिफिकेट तथा नगद भौचर ईमेलमार्फत पठाउन मिल्ने, डोनर सर्टिफिकेट प्रिन्ट गर्न मिल्ने,रगत एक्सपाइरी सिस्टम , अनलाईन एक्सेस,निरीक्षण र नियन्त्रण हुने,मोवाइल एप मार्फत रक्तदाताहरुले आफनो मोवाइलमा ब्यक्तिगत बिवरण हेर्न, डोनर कार्ड र सम्बन्धित पालिका अन्तर्गत रहेका रक्तदाताहरुको नाम ,सम्पर्क नम्बर उपलब्ध गराइने पाण्डेले जानकारी दिए ।