Madhes Khabar
समाज

प्राइम कमर्सियल बैंकले वीरगन्जमा आयोजना गरेको कार्यक्रममा ८० जनाले गरे रक्तदान

वीरगन्ज,११असोजःप्राइम कमर्सियल बैंकले वीरगन्जमा आयोजना गरेको रक्तदान कार्यक्रममा ८० जनाले रक्तदान गरेका छन् ।बैंकको १७ औं वार्षिक उत्सवका अवसरमा वीरगन्ज शाखाले शुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रममा ८ महिलासहित ८० जनाले रक्तदान गरेका हुन् ।

आदर्शनगरस्थित बैंकको शाखा कार्यालय परिसरमै भएको रक्तदान कार्यक्रममा मर्यादा थापा,बिन्दु देवी,रिता साह,मेघनाथ सोनार,कृष्ण पण्डित,लालबाबु महतो,अर्जुन चौधरी,दिपेश खड्का,कर्तब्य सिंह क्षेत्री,समिम हवारी,दिलिप साह लगायतकाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डेले जानकारी दिए ।

बैंक स्थापनाको १७ वर्ष पूरा गरी १८ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगन्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको बैंकका वीरगन्ज शाखाका प्रबन्धक मेघनाथ सर्राफले बताए ।

सर्राफकै अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा बैंकका मधेस प्रदेशका कर्जा विभागका कर्मचारी भाष्कर मल्ल , वीरगन्ज शाखाका कर्जा प्रमुख नरेशकुमार शर्मा , मर्यादा थापा लगायतकोपनि उपस्थिती थियो ।

Related posts

वीरगन्ज सामाजिक संस्था महासंघ गठन, अध्यक्षमा किशन र सचिवमा बिक्की चयन

MadhesKhabar

गाँउघरमै उद्यम गरेर राम्रो आम्दानी गर्दैछन् मधेसका युवा र महिलाहरु

MadhesKhabar

पर्सा प्रहरीसंग आमा चन्द्रावतीको प्रश्न : मेरी छोरीका हत्याराहरु कहिले पक्राउ पर्छन् ?

MadhesKhabar

Leave a Comment