Madhes Khabar
समाज

बलात्कृत बालिका गर्भवती , ५९ वर्षिय पुरुष पक्राउ

मधेसखबर
वीरगन्न्ज, १३ साउन : धनुषाको मिथिला नगरपालिका–९ बेंगाडावरमा ५९ वर्षिय पुरुषले  १४ वर्षीया नाबालिकालाई बलात्कार गरी गर्भवती बनाएको घटना सार्वजानिक भएको छ।

बलात्कृत नाबालिकाका अभिभावकले आरोपित विरुद्ध प्रहरीमा उजुरी दिएपछि उक्त घटना बाहिरिएको हो ।प्रहरीले उजुरीको आधारमा बिहीबार बलात्कार आरोपित स्थानीय ५९ वर्षीय सोमबहादुर घिसिङ्गलाई पक्राउ गरेको छ ।

गत वैशाख ५ गते खर्साङ्गे डाँडा सामुदायिक वनमा बाख्रा चराउन गएकी ती नाबालिकालाई आरोपित घिसिङ्गले ललाई फकाई जबरजस्ती करणी गरेको प्रहरी जनाएको छ।प्रहरीका अनुसार बलात्कृत नाबालिकालाई आरोपित घिसिङ्गले विभिन्न किसिमको डर त्राश देखाइ पटकपटक जबरजस्ती करणी गर्दै आएको उजुरीमा उल्लेख छ।

घटनाको तीन महिनापछि शुक्रबार पीडित पक्षले बलात्कार आरोपित विरुद्ध प्रहरीमा जाहेरी दिएको छ। बलात्कृत नाबालिका गर्भवती रहेको समेत ती घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए।

नाबालिकाका बुवाले प्रहरीमा दिएको जाहेरीको आधारमा आरोपित घिसिङ्गलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए। उनले पक्राउ परेका घिसिङ्गलाई जबरजस्ती करणी मुद्दामा आज धनुषा जिल्ला अदालतबाट म्याद थप गराउने तयारी रहेको जनाए।

बलात्कृत नाबालिकाको स्वास्थ्य परीक्षण गराइने र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।

Related posts

सामुदायिक सेवा केन्द्र मिनाबाजार द्वारा गहवा मन्दिर परिसर सरसफाई ।

MadhesKhabar

जिउँदो व्यक्तिको मृत्युदर्ता प्रमाणपत्र बनाउने वडाध्यक्षसहित तीनजना जेल चलान

MadhesKhabar

नेपाल भारत मैत्री संघको कार्यक्रममा ५७ जनाद्धारा रगत दान

MadhesKhabar

Leave a Comment