Madhes Khabar
समाज

वीरगन्ज महानगरको सहयोगमा दुई सय जनालाई सिरक वितरण

वीरगन्ज,१८पुषः वीरगन्ज महानगरपालिका वडा नम्बर २१ मा बृद्धबृद्धा एंव विपन्नहरुलाई सिरक वितरण गरिएको छ ।जाडो बढ्दै गएपछि त्यसैलाई मध्यनजर गरि वीरगन्ज महानगरपालिकाको सहयोगमा संसारीमाई युवा समाजले २ सय जनालाई सिरक बाँडेको हो ।बुधबार वडा नंबर २१ मै आयोजित कार्यक्रममा वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले स्थानीयलाई सिरक प्रदान गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै वीरगञ्ज महानगरपालिकाका मेयर सिंहले वीरगञ्जलाई बदल्ने अभियानमा सबैले हातेमालो गर्न आग्रह गरे । आफु एक्लैको प्रयासले परिवर्तन सम्भव नहुने बताउँदै मेयर सिंहले सबैको सामुहिक प्रयासमा वैभब वीरगञ्ज बन्ने दाबी गरे ।

रमिता कुशवाहाको अध्यक्षता तथा मेयर सिंहको प्रमुख आतिथ्यतामा भएको सिरक वितरण कार्यक्रममा वडाध्यक्ष राधाकृष्ण रौनियार,साहिब दरबारका अध्यक्ष उमेशलाल सहनी,कोषाध्यक्ष जिनु मियाँ,स्थानीय नेताहरू संजय मण्डल,कृष्णा पटेल,पुरुषोत्तम पटेल, सिपलाल राम,नवीन मण्डल लगायतकोपनि उपस्थिति रहेको थियोे ।

 

Related posts

पटेलनगरमा आयोजित रक्तदान कार्यक्रममा ५४ जनाले गरे रक्तदान

MadhesKhabar

पर्साको सोनवर्षामा आयोजित कार्यक्रममा २५ जनाले गरे रक्तदान

MadhesKhabar

पर्साको सेढवामा शिप विकास तालिम सम्पन्न

MadhesKhabar

Leave a Comment