वीरगन्ज,५जेष्ठःवीरगन्जको नारायणी अस्पतालमा वीरगन्ज समाज सेवा नामक संस्थाले बिरामी र कुरवा गरी ४ सय ५० जनालाई निःशुल्क भोजन गराएको छ ।
अस्पताल परिसरमै निःशुल्क भोजन शिविरको आयोजना गरेर उक्त संस्थाले अस्पतालमा उपचाररत बिरामी र तीनका कुरुवा गरी ४५० जनालाई निःशुल्क भोजन गराउको हो । उक्त संस्थाले वीरगन्ज बजारमा कमजोर आर्थिक अवस्था भई दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र दुखी असहायहरुका लागिपनि दुई महिना यतादेखि हप्ताको हरेक शनिबार ३०० जनालाई निशुल्क भोजन उपलब्ध गराउँदै आएको थियो ।
यसैक्रममा नारायणी अस्पतालमापनि शनिबार भोजन शिविर नै चलाएर बिरामी र कुरुवाहरुलाई निःशुल्क भोजन उपलब्ध गराउन थालिएको वीरगन्ज समाज सेवाका अध्यक्ष अशोक गुप्ताले बताए ।
निःशुल्क भोजन शिविरमा संस्थाका उपाध्यक्ष मनोज प्रसाद रौनियार ,कोषाध्यक्ष विनोद सर्राफ,सदस्यहरु मदन प्रसाद गुप्ता, भोला कलवार ,वैधनाथ साह कानु,राजु रुङ्गटा,रोशन प्रसाद सर्राफ,रामप्रवेश साह,राजदेव साह,दिपक कण्ठ,बोबि पोद्धार लगायतकोपनि सहभागिता रहेको थियो ।

