Madhes Khabar
समाज

हिरोइन बनाइ दिने प्रलोभन दिएर बालिकालाइ भारतमा लगेर बेच्ने दुइ जना पक्राउ

मधेसखबर
वीरगन्ज,२५ असार : भोजपुरी चलचित्रमा नायिका (हिरोइन) बनाइ दिने प्रलोभन दिएर नेपालकी १५ वर्षीया बालिकालाई भारत लगेर बेच्ने एक महिला सहित दुइ जनालाइ प्रहरीले पक्राउ गरेको छ ।

 

वीरगन्जकी १५ वर्षिया बालिकालाइ भारतमा लगेर बेच्ने रौतहटको गौर नगरपालिका –२ घर भइ हाल वीरगन्ज महानगरपालिका वडा नम्बर १६ मा बस्दै आएकी ४० वर्षीया चमेली देवी र भारत बिहारको सीतामढी जिल्लाको बासपट्टी पचरा बस्ने २२ वर्षीय रोशन तिवारीलाइ प्रहरीेले पक्राउ गरेको हो ।

 

प्रहरीका अनुसार , १५ वर्षिया ती बालिकालाइ भोजपुरी सिनेमाको हिरोइन बनाइ दिने प्रलोभन दिएर चमेली देवी र रोशनले २०७८ फागुन १२ गते बिहारको पूर्वी चम्पारण, झिटकैया गाउँमा लगेर त्यहिका एक भारतीय नागरिकलाई भारू. ३० हजार रुपैयामा बेचेर दुवै जना फरार भएका थिए ।

त्यसपछि ती भारतीय नागरिकले ती बालिकालाइ विभिन्न कार्यक्रममा अश्लील नृत्य गर्न लगाउने , कसैसँग सम्पर्क गर्न नदिई शारीरिक र मानसिक यातना दिई राखेका थिए ।

भारतीय नागरिकलेब बन्धक बनाएर राखेकै अवस्थामा पिडित बालिका मौका छोपी त्यहाबाट भागेर अभिभावकको सम्पर्कमा आएको र घटनाबारे प्रहरीलाइ जानकारी गराएपछि यहि असार २३ गते जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बीरगन्ज महानगरपालिकाका वडा नंबर १६ बाट चमेली देवी र रोशनलाइ प्रहरीले पक्राउ गरेकोे हो ।

पक्राउ परेका दुवै आरोपितलाई मानव बेचबिखन तथा ओसारपसार कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थप अनुसन्धान भइरहेको पर्साका प्रहरी नायव उपरिक्षक प्रहलाद कार्कीले जानकारी दिए ।बालिकालाइ भारतमा खरिद गर्ने भारतीय व्याक्ति अहिले फरार रहेकोले उनको खोजी भइरहेको प्रहरी नायव उपरिक्षक कार्कीले बताए ।

Related posts

लैंगिक समानता र समावेशीकरणका लागि मधेस प्रदेशका पालिकाहरुले चासो नदेखाएको गुनासो

MadhesKhabar

बारामा बोक्सीको आरोप लगाएर महिलाको कपाल काटेर गरियो निर्घात कुटपिट

MadhesKhabar

समाजसेवी रुंगटाको सहयोगमा वीरगन्जको नगवामा विपन्नहरुलाई कम्बल वितरण

MadhesKhabar

Leave a Comment